पर्वत, ५ जेठ- राजनीतिमा जसले धेरै समय त्याग र योगादन गरेको छ त्यस्ता कार्यकर्ता वा नेताहरुलाई अबसर दिने प्रचलन छ । हरेक राजनीतिक पार्टीले कुनै व्यक्तिको पार्टीप्रतिको लगाब र उसको योगदान हेरेरनै राज्यका महत्वपुर्ण स्थानमा जानका लागि अवसर दिन्छन् । त्यस्तै अबसर पाउने यहाँका एक युवा जिल्लाका सवैभन्दा कान्छा वडाध्यक्ष बनेका छन् । पर्वत जिल्लाको मोदी गाउँपालिका ६ तिलाहारमा हालै वडाअध्यक्षमा निर्वा्चित बनेका बिमल लामिछाने जिल्लाका सवैभन्दा कान्छा वडाअध्यक्ष हुन् । २०४७ सालमा जन्मिएका लामिछाने २६ वर्षको उमेरमै वडाअध्यक्ष जस्तो महत्वपुर्ण पदमा भारी मतका साथ मंगलवार बिजयी भएका हुन् । पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तर तहमा अध्ययनरत युवा लामिछाने सानैदेनि नेकपा एमालेमा लागेर सक्रिय राजनीतिमा क्रियाशिल रहँदै आएका थिए । जुझारु, क्रियाशिल र मिलनसार युवालाई पार्टीले समेत प्राथमिकतामा राखेर टिकट दिएपछि उनले अत्याधिक बहुमतले बिजयी प्राप्त गरेका हुन् । जोश र जाँगर भएको युवाले गाउँमा केहि परिवर्तन गर्न सक्छ भन्ने ठानेर आफुलाई गाउँलेहरुले बिजयी गराएको उनले प्रतिकृया दिएका छन् । एमाले निकट युवा संघ पर्वतका अध्यक्ष, नेकपा एमाले पर्वतका जिल्ला कमिटि सदस्य तथा जिल्ला युवा समितिको अध्यक्ष समेत रहेका लामिछानेले यस अघि पनि जिल्लामा युवालक्षित कार्यक्रम संचालनका लागि पहल गर्दै आएका थिए । उनलाई नेकपा एमालेका युवाहरुले मात्र नभई सवै राजनीतिक दलका युवाहरुले हरेक कामहरुमा अघि सार्दै आएका थिए । आफुले सानैदेखि समाज र जिल्लामा गरेको योगदानको कदर जनताहरुले गरेकोमा आफु निकै उत्साहित बनेको बताएका छन् । उर्जाशिल उमेरमै गाउँको वडाध्यक्ष जस्तो पदमा निर्वाचित भएकोले मोदी गाउँपालिकाको वडा नं.६ सँगै सिङ्गो जिल्लाका युवाको क्षमता तथा नेतृत्व विकास, तथा समग्र विकास निर्माण र मानविय विकासमा निरन्तर लागिरहने उनले बताएका छन् । जुन हिसावले आम जनताले आफुलाई मत दिएर मलाई बिजयी गराए त्यहि हिसाबले मेरो दिन प्रतिदिनको सक्रियता बढ्दै जानेछ उनले भने । तिलाहारमा रहेका विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न, स्वास्थ्य सेवाको पहुँच सवै नागरिकहरुलाई पु¥याउन, साविकका सवै वार्ड तथा टोलहरुमा पक्की सडक पु¥याउनका लागि यसै सातादेखि काममा जुट्ने बताए । स्थानिय स्तरका कृषि, पशुपालन, माछापालन, तरकारी खेती लगायतका सम्भावनाहरुको खोजी गरी सहुलियमा ऋण तथा तालिम प्रदान गर्ने उनको योजना छ । राज्यवाट आउने बजेटको सहि सदुपयोग गरी गाउँलेहरुका आर्थिक अवस्थामा सुधार ल्याउने पहिलो प्रयास हुनेछ लामिछाने भने । गाउँको विकास नै मेरो मुख्य लक्ष्य हो, गाउँको विकास गर्ने सोच बनाएरनै मैले वडाअध्यक्षको उम्मेदवारी दिएको हुँ, संयोगले बिजयी पनि भएँ अब यहिको जनप्रतिनिधिको रुपमा पाँच वर्षसम्म खट्छु उनले भने । लामिछानेले आफु गाउँमा मात्र सिमीन नभई जिल्लाभरीका आफुजस्ता बेरोजगार तथा विभिन्न क्षेत्रमा लागेका युवाहरुको हितका निम्ति काम गर्ने योजना रहेको पनि बताएका छन् । आफ्नो राजनीतिक दल, घरपरिवार सँगै आम जिल्लावासीहरुको सुझाव र प्रतिकृयाका आधारमा आफ्नो आगामी कार्यकाल अघि बढाउने लामिछानेले योजना बनाएका छन् । उनले राज्यबाट आफुले पाउने सेवा सुविधा समेत स्थानिय नागरिकहरुको विकासका लागि खर्चिने प्रतिवद्धता जनाएका छन् । जोशिलो युवा, शिक्षित र जाने बुझेको र गर्नसक्ने आँट भएको युवा देखेर बिमल लामिछानेलाई पार्टीले टिकट दिएको एमाले जिल्ला अध्यक्ष पदम गिरीले बताए । उनले यस्ता युवाको जितले सिङ्गो जिल्लासँगै उनको गाउँलेहरु उत्साहित भएको र गाउँको समग्र विकासमा लाग्न विश्वास व्यक्त गरेका छन् । स्थानिय तिलाहारका समाजसेवी प्रेमकुमार लामिछानेले बिमल लामिछानेले वडाअध्यक्षमा जीत हासिल गरेसँगै गाउँका युवा, बृद्धबृद्धा तथा सवै सर्वसाधारहरुमा नयाँ उमंग र उत्साह छाएको जानकारी दिएका छन् ।