बागलुङ, ४ जेठ-आईतबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । बुधबार बेलुका सम्म बागलुङका १० स्थानीय तहहरु अन्तरगत ८ वटाको नतिजा आई सकेको छ । यस्तो अवस्थामा हालसम्म नेपाली काँग्रेसले ३ स्थानमा विजयी प्राप्त गरेको छ भने नेकपा एमालेले पनि ३ स्थानमै विजयी भएको छ । यस्तै १–१ स्थानमा भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले विजयी प्राप्त गरेको छन् ।
नेपाली काँग्रेसले तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र गल्कोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजयी प्राप्त गरेको छभने बडिगाड गाउँपालिकाको उपप्रमुखमा विजयी भएको छ ।
यस्तै नेकपा एमालेले काँठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको प्रमुखमा र ढोरपाटन नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा विजयी प्राप्त गरेको छ । यस्तै नेकपा माअोवादी केन्द्रले ताराखोला गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा विजयी प्राप्त गरेको छ । यस्तै यो समाचार तयार पार्दासम्म नेकपा एमालेले बागलुङ नगरपालिकाको प्रमुखमा अग्रता लिएको छभने नेपाली काँग्रेसले जैमिनी नगरपालिकामा अग्रता लिएको छ ।
निसीखोला गाउपालिकाको प्रमुख, उपप्रमुखमा काँग्रेस विजयी
निसीखोला गाउपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका तारानाथ पौडेल र शोभाकुमारी कार्की विजयी भएका छन् । सो गाउपालिकाको प्रमुखमा २७३७ मत प्राप्त गरेका शर्माले प्रमुखमा जितेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमाओवादीका प्रेम घर्तीले २०३८ र जनमोर्चाका खिमबिक्रम शाहीले १६६३ मत प्राप्त गरेका थिए । ७ वडा भएको निसीखोला गाउपालिकामा वडा नं १, ४, ५ र ६ मा क्रमश नेपाली काँग्रेसका ईन्द्रबहादुर मल्ल , टीकानिधि पौडेल, हर्कमान घर्ती र सूर्यबहादुर घर्ती प्यानलै सहित विजयी भएका छन्भने ७ मा स्वतन्त्र उमेदवार तेजिन्द्र विक्रम कुँवरको प्यानलले जितेको छ । यसैगरी वडा नं २ मा माओवादी केन्द्रका कुविर विक अध्यक्ष र बाँकी सदस्यहरु काँग्रेस, वडा नं ३ मा जनमोर्चाका जुनविक्रम शाही प्यानल सहित विजयी भएका छन् ।
बागलुङको ढोरपाटनमा एमालेका देवकुमार विजयी
बागलुङको ढोरपाटन नगरपालिकामा नेकपा एमालेका देवकुमार नेपाली र उपमेयरमा एमालेकै करमती घर्ती विजयी भएका छन् । मेयरमा विजयी नेपालीले २ हजार ६ सय ९२ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुन शेरचनले १ हजार ९ सय ४६ मत पाएका थिए । यस्तै उपमेयर घर्तीले २ हजार ७९ र निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी दिलमाया पौवीले २ हजार ४९ मत प्राप्त गरेकी छन् ।
काठेखोला गाउँपालिका प्रमुखमा एमालेका थापा विजयी
बागलुङको काठेखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अमरबहादुर थापा निर्वाचित भएका छन् । थापाले ६ हजार ६ सय ९८ मत ल्याउँदै अध्यक्षमा जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका होमबहादुर हमालले ५ हजार २ सय २१ मत प्राप्त गरेका छन् । गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका अर्जुन खत्री विजयी भएका छन् । खत्रीले ६ हजार ५३ मत प्राप्त गर्नुभएको छभने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानु शर्मा श्रीसले ४ हजार ८ सय ३५ मत प्राप्त गरेका छन् । आठ वटा वडा रहेको काठेखोला गाउँपालिकामा एमालेले पाँच वटा वडाको अध्यक्षमा जित हात पारेको छभने कांग्रेसले तीन वटा वडाध्यक्ष जितेको छ । वडा नम्बर १ मा कांग्रेसका खड्काबहादुर थापा, २ मा एमालेका विद्यापति शर्मा, ३ मा एमालेकै याम श्रीस, ४ मा कांग्रेसका केशर थापा, ५ मा कांग्रेसका शिवप्रसाद कँडेल निर्वाचित भएका छन् । यस्तै, वडा नम्बर ६, ७ र ८ मा एमालेकै क्रमशः युक्तप्रसाद कँडेल, प्रेम लामिछाने र चित्रकला छन्त्याल विजयी भएकी छिन् ।
बडीगाडको प्रमुखमा एमालेका पाईजा उपप्रमुखमा काँग्रेसका श्रीस विजयी
बडीगाड गाउपालिका प्रमुखमा ५०२० मत सहित एमालेका मेहरसिंह पाईजा विजयी घोषित भएका छन भने उनका निटतम प्रतिव्दन्दी नेपाली काँग्रेसकी गण्डकी थापा अधिकारीले ४३१९ मत प्राप्त गरेकी छन् । उपप्रमुखमा नेपाली काँग्रेसका अम्मरबहादुर श्रीसले जितेका छन् । वडाहरुमा एमाले ५, काग्रेस ३, माओवादी केन्द्र १ र जनमोर्चा १ स्थानमा विजयी भएका छन् ।
गलकोट नगरपालीकामा काँग्रसका गैरे र काउचा विजयी
गलकोट नगरपालीकामा नेपाली काँग्रसको तर्फबाट नगर प्रमुख पदका उमेदवार भरत शर्मा गैरे विजय हुनुभएको छ । गैरेले ५ हजार ८ सय १५ मत प्राप्त गरेका छन् । गैरेका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले र राष्ट्रीय जनमोर्चा गठबन्धनका टंकबहादुर के.सी.ले ३ हजार ६ सय ६२ मत प्राप्त गरेका छन् । त्यसैगरी नगर उपप्रमुख पदमा नेपाली काँग्रेसका रेनुका काउचा मगर विजय भएका छन् । उनले ६ हजार ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमाले र राष्टीय जनमोर्चा गठबन्धनका रत्नादेबी भण्डारीले ३ हजार ३ सय ५७ मत प्राप्त गरेका छन् । गलकोट नगरपालीकामा वार्ड नं. १ बाट संयुक्त गठबन्धनका नेत्र बुढाथोकी, २मा नेपाली काँग्रेसका हिम बहादुर भण्डारी, ३ मा विरजंग भण्डारी, ४ मा बलबहादुर खत्री, ५ मा नारायणध्वज मल्ल विजय भएका छन । वार्ड नं ६ मा माओबादी केन्द्रका नरबहादुर खत्री र वार्ड नं. ७ मा टिकाबहादुर थापा विजयी भएका छन् । त्यस्तै वार्ड नं. ८ मा नेपाली काँग्रेसका रामप्रसाद कंडेल, ९ मा तेजबहादुर थापा, १० मा तिलक घर्ती विजय भएका छन । वार्ड नं. ११ मा संयुक्त प्यानलबाट ने.क.पा. एमालेका डम्मर श्रीस विजयी भएका छन् ।
बरेङ गाउपालिकामा जनमोर्चाको जीत
बरेङ गाउपालिकामा जनमोर्चाका कृष्ण प्रसाद शर्मा ३ हजार ३४ मत ल्याएर प्रमुखमा र २ हजार १ सय ६४ मत प्राप्त गर्र दिलकुमारी पुन उपप्रमुखमा विजय भएका छन् ।
बागलुङ नगरको गणना भएका ९ वटामा एमाले र १–१ वडामा काँग्रेस र जनमोर्चाको जित
बागलुङ नगरपालिकाको १४ वटा वडामध्ये मतगणना भएका ११ वटा वडाको नतिजालाई हेर्दा नेकपा एमाले अगाडी देखिएको छ । हालसम्मको नतिजालाई हेर्दा एमालेले १, २, ४, ५, ६, ७, ८, ९ र १० वडामा विजयी भएको छ । यस्तै ३ नम्बर वडामा राष्ट्रिय जनमोर्चा र वडा नम्बर ११ मा नेपाली काँग्रेसले विजयी भएको छ । नगरपालिकाको ६ वडामा नेकपा एमलोका खेमप्रसाद सापकोटा, ७ मा खगराज पाण्डे, ८ मा राजिन जिसी, ९ मा गणेश थापा र १० वडामा प्रेम थापा विजयी भएका छन् । यस्तै नेपाली काँग्रेसले बागलुङ नगरपालिकाको ११ नम्बर वडामा विजयी प्राप्त गरेको छ । उक्त वडामा नेपाली काँग्रेसका ज्ञानेन्द्र गौतमले विजयी प्राप्त गरेका हुन । बागलुङ नगरपालिकामा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपा विच चुनावी तालमेल गरेका थिए ।
काँग्रेस–एमालेको ३–३ र नेकपा माओवादी केन्द्र र जनमोर्चाको १–१ स्थानीय तहमा विजयी
Previous Articleघरदैलोमा सिंहदरवार
Next Article बाबुराम भट्टराईको जिल्लामा नयाँ शक्ति ‘निल’