म्याग्दी, २ जेठ-मालीका गाउँपालीका ४ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिलीप शेरचनले ३२८ मत ल्याएर निर्वाचित भएका छन् ।
शेरचनका प्रतिस्पर्धी नेपाली काँग्रेसका भिजीन्द्रमान पुनले ३०६ र नेकपा एमालेका दधीलाल जैसीले १८३ मत प्राप्त गरेका छन् । सदस्यहरुमा माओवादी केन्द्रका मनरुपा घर्ती, सिता श्रीपाली, उदबिर रसाईली र काँग्रेसका यमबहादुर पुन निर्वाचित भएका छन् । एक हजार ३३५ मतदाता रहेको ओखरबोटमा ८५२ मत खसेको थियो ।
४ वटा वडाको मतगणना हुँदा मालीका गाउँपालीको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोकाले एक हजार २८७ र एमालेका बेगप्रसाद गर्बुजाले एक हजार २७२ तथा उपाध्यक्षमा काँग्रेसकी बिमला रोकाले एक हजार २८७ र एमालेकी खरमाया बिटालुले एक हजार २८० मत प्राप्त गरेका छन् ।