बागलुङ, २८ वैशाख- स्वच्छ निर्वाचनका लागि नागरिक अभियान भन्ने मुल नारा साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा मानव अधिकार र निर्वाचन बिषयक अन्तरक्रिया कार्यक्रम बागलुङ सदरमुकाममा सम्पन्न भयो । प्रमुख निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बागलुङ जिल्लामा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको १० वटै निर्वाचन केन्द्रमा सबै कर्मचारी र मतपत्र मटपेटिका पुगिसकेको बताए । निर्वाचन आचार संहिता उलंघनका घटना निकै कम रहेको हुदा समस्या नरहेको बेलबासेले बताउनुभयो । कार्यक्रममा समाजसेवी देबबहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष पत्रकार बिजय रानाले चुनाव आफ्नो पक्षमा पार्न बोबाङमा भोज गरेको र सदरमुकाममा मोटर साईकल जुलुस निकालेको तर यसबारे निर्वाचन अधिकृतको कार्यालय चुपचाप रहेको बताए । चुनावमा पैसा बाड्ने काम हुने गरेको अहिले पनि चुनावमा एकजना प्रमुख उमेदवारको १ करोड भन्दा बढी खर्च हुने सम्भावना देखिएको धारणा राखेका थिए । कार्यक्रममा पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष, राजमोका जिल्ला सदस्य थानेश्वर सुवेदी र मानव अधिकार संगठनका जिल्ला अध्यक्ष अमर कार्की लगायतका बक्ताहरूले आफ्नो धारणा राखेका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेल स्वागत गणेश श्रेष्ठ संचालन इन्सेक बागलुङका प्रतिनिधि सिर्जना पन्तले गरेकी थिइन ।
Previous Articleगाउँमा सिंहदरवार
Next Article आचार संहितामा कडाईः निर्वाचन आयुक्त पौडेल