बागलुङ, २४ बैशाख – दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा बागलुङमा पनि चुनावी माहोल बढ्दै गएको छ । बागलुङका सवै स्थानीय तहहरुमा उम्मेदवारहरुले चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
नेपाली काग्रेस वानपाको चुनावी अभियान वडा न ११मा
स्थानिय तहको निर्वाचनमा नेपाली काग्रेसले चुनावी अभियान तिव्र पारेको छ । नेपाली काग्रेस बागलुङ नगरपालिका प्रमुख, उपप्रमुख एवं वडा अध्यक्ष सहितका उम्मेदवारहरुले शनिवार बानपा ११ को रायडाँडा र १०को भकुण्डे वडामा चुनाव अभियान सम्पन्न गरेको छ । बानपा ११ रायडाँडामा भएको चुनावी अभियानमा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं सांसद रत्ना शेरचनले नेपाली काग्रेसले जिल्लाको विकास निमार्णमा महत्वपुर्ण भुमिका खेल्दै आएको र स्थानिय तहमा पनि पार्टी कटिवद्ध भएर लाग्ने बताइन । त्यसैगरि बानपाका मेयर पदका उम्मेदवार बसन्तकुमार श्रेष्ठले अहिलेको स्थानिय तहको निर्वाचनलाई नेपाली जनताको विकास र निकासका लागि रुख चिन्हमा मतदान गरी विजयी गराउनुपर्ने बताए । उनले बानपाको चौतर्फी विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए । त्यसैगरि उपमेयरका उम्मेदवार शकुन्तला शर्माले स्वास्थ्य, शिक्षा, रोजगारी लगाएत अन्य क्षेत्रको विकासमा आफु कटिबद्ध भएर लाग्ने बताईन । यस्तै बानपा ११ वडा अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र गौतमले स्थानिय तहको विकासमा आफु अहोरात्र खटिने हँुदा आफुलाई मतदान गरि विजयी गराउन सबैलाई आग्रह गरेका थिए । उनले आफुले वडाको विकासमा जस्तोसुकै परिस्थितिमा पनि एक भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । चुनावी सभामा सांसद चम्पादेवी खडका, नेपाली काग्रेसका पार्टी सभापति दिपेन्द्रबहादुर थापा, महासमिति सदस्य किरण पौडेल लगायतले बोल्लेका थिए । नेपाली काग्रेस बानपा ११का कोषाध्यक्ष घनश्याम पौडेललको अध्यक्षता र सचिव अमृत सुवेदीको संचालनमा सभा सम्पन्न भएको थियो । यस्तै बानपा ११ मा नेपाली कांग्रेसको चुनावी अभियान अन्र्तगत घरदैलो कार्यक्रम समेत सम्पन्न भएको छ ।
एमाले, राजमो र राप्रपा सहितको संयुक्त बामको कार्यक्रम बानपा ८ र ९ मा
स्थानीय तहको निर्वाचनको मिति नजिकीदै गर्दा बागलुङ नगरपालिका नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त बामका उम्मेदवार बनेका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । शनिवार बानपा ८ सिगाना र बानपा ९ तित्याङका विभिन्न स्थानहरुमा चुनावी सभा तथा घरदैलो अभियान सम्पन्न गरिएको छ । अभियानमा बागलुङ नगरपालिकाको नेकपा एमालेको तर्फबाट मयेरपदका उमदेवार जनक पौडेलले आफु जनताका भावनासंग सदा रहेकाले स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको नेतृत्वले मात्र बागलुङ नगरलाई समृद्ध नगरको रुपमा विकास गर्न सम्भव भएको बताए । नेकपा एमालेले एक घर एक रोजगारको व्यवस्था, विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, खानेपानी व्यवस्थापन र सडक निर्माण तथा मर्मत लगायतको विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेको प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस्तै राप्रपाको तर्फबाट बागलुङ नगरपालिकाकोे उपमयेर पदका उमेदवार सुरेन्द्र खडकाले जिल्लाको समृद्ध विकास र निकासका लागि राष्ट्रवादी गठबन्धनको नेतृत्व आवश्यक रहेको बताए । साथै खड्काले स्थानीय तहको निर्वाचनमा राष्ट्रवादी गठनबन्धनले मुख्य पार्टीमा निराशा छाउन थालेको दावी गरेका थिए । सोही अवसरमा पूर्व राज्य मन्त्रि राम्झी शर्माले नेकपा एमालेको लहर ग्रामिण स्तरसम्म बढ्ढो क्रममा भएकाले आसन्न स्थानीय तहको निर्वाचनमा मतदाताहरु नेकपा एमालेलाई मतदान गर्न आतुर रहेको बताएका थिए । साथै मन्त्रि शर्मााले नेकपा एमाले प्रति युवा, वृद्धवृद्धा, सम्पुर्ण जनताको उत्सुकताले बागलुङ नगरपालिका सहित सम्पुर्ण १४ वटा वडा नेकपा एमालेको नै जित सुनिश्चित भएको दावी समेत गरे । सोही अवसरमा नेकपा एमाले बानपा ९ वडा अध्यक्षका उमेदवार गणेश थापाले समग्र तित्याङकको आर्थिक, भौतिक, शैक्षिक, कला सांस्कृतिक लगायतको विषयमा जानकारी गराउदैँ तित्याङकका हरेक क्षेत्रको विकासका लागि आफ्नो उमेदवारी योग्य भएको दावी गरेका थिए । सर्वप्रथम शैक्षिक गुणस्तर वृद्धि गर्ने, सडक निर्माण तथा स्तरोन्ती गर्ने प्रतिवद्धता जनाएका थिए । नेकपा एमाले बानपा ९ का वडा अध्यक्षका उमेदवार गणेश थापा, नेकपा एमाले जिल्ला सचिवालय सदस्य सुजन परियार, पुनरावेदन बार एशोसेसनका अध्यक्ष राम शर्मा, उद्योगपति सुवास राजभण्डारी, प्रविण कुमार श्रेष्ठ लगायतले बोलेका थिए । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन पछि चुनावी प्रचारप्रसार अभियानलाई तिव्रता दिइएको हो ।
काठेखोला १ मा माओवादी केन्द्र र एमालेबीच सहकार्य
बागलुङको काठेखोला गाउँपालिकाको स्थानीय तह निर्वाचनमा संयुक्त मोर्चा बनाएर चुनावमा होमिएका बामपन्थी दलहरु उमेदवार मिलान कार्यमा व्यस्त छन् । उमेदवारी फिर्ताको समय सकिए पनि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले उमेदवारहरुको व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिएका छन् । बामपन्थीहरुबीच धेरै विषयमा एजेण्डाहरु मिल्ने, गाउँको विकासका लागि सबैको धारणा समान भएकाले स्थानीय तहमा तालमेल गरेर अगाडि बढ्न लागिएको एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतमले जानकारी दिए । काँठेखोला गाउँपालिकामा बामपन्थी दलका उमेदवारहरुलाई सहज रुपमा विजयी गराउने र आर्थिक तथा सामाजिक रुपान्तरणको नेतृत्व बामपन्थीहरुबाट मात्रै सम्भव भएकाले तालमेलको प्रक्रियालाई निरन्तरता दिइएको माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण थापाले बताए । यसैक्रममा काँठेखोला गाउँपालिका वडा नं. १ मा नेकपा माओवादी केन्द्रका टिका थापाको नेतृत्वमा माओवादी केन्द्र र एमालेका उमेदवारहरु संयुक्त रुपमा निर्वाचनमा जाने भएका छन् । वडा नम्बर १ पालामा शनिवार सम्पन्न दुवै दलका प्रतिनिधिहरुको वैठकले सो वडामा टिकाबहादुर थापा अध्यक्ष तथा महिला सदस्यमा हरिकला राना, दलित महिला सदस्यमा कोपिला किसान, खुल्ला सदस्यमा कृष्ण थापा र भूमिराज खत्रीलाई अगाडि बढाउने निर्णय गरेको छ । एमाले केन्द्रीय प्रचार विभागका पूर्व सदस्य हरिनारायण गौतम, जिल्ला सचिवालय सदस्य तथा काँठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, जिल्ला सचिवालय सदस्य तथा काँठेखोला गाउँपालिकाका सहसंयोजक अञ्जु जिसी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण थापा लगायतले संयुक्त प्यानलका उमेदवारहरुलाई विजयी गराउन स्थानीयवासीसंग आव्हान गरेका थिए ।
काँठेखोला ५ र ६ मा संयुक्त बामको घरदैलो
स्थानीय तहको निर्वाचनको मिति नजिकीदै गर्दा काँठेखोलामा एमाले, माओवादी र जनमोर्चाको संयुक्त बामका उम्मेदवार बनेका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । काँठेखोला गाउँपालिकाको अध्यक्षका उम्मेदवार अमर बहादुर थापा, उपाध्यक्ष अर्जुन क्षेत्री, वडा नम्बर ५ का अध्यक्ष प्रमान्नद कंडेल र ६ का अध्यक्ष युक्त प्रसाद कंडेलले शनिबार काँठेखोला ५ र ६ मा घरदैलोमा गई भोट मागेका छन् । चुनावी अभियान अन्तरगत घरदैलो कार्यक्रममा उम्मेदवारहरुले काँठेखोलाको विकास गर्नको लागि संयुक्त बामका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताएका थिए ।
काँठेखोलामा ३ बाम पार्टीहरुका उम्मेदवारहरुको आईतबार काँठेखोला ४ र ३ मा चुनावी अभियान हुने छ । हटिया, बिँहुकोट, ठुलापोखरी, फापरचौर लगायतका स्थानमा घरदैलो गरी जभेटघाट सम्पन्न गरेको छ । काठखोला गाउँपालिका वडा नं. ६ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले संयुक्त रुपमा उमेदवारी दिएका छन् । यसैबीच संयुक्त प्यानलका तर्फबाट अध्यक्षका उमेदवार अम्मरबहादुर थापा, उपाध्यक्ष अर्जुन खत्री सहितको टोलीले शनिवार नै वडा नंं ५ उपल्लो बिहुमा समेत घरदैलो, भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । टोलीमा वडा नंं ५ का एमाले उमेदवार परमानन्द कंडेल, एमाले वडा अध्यक्ष डिल्लीप्रसाद कंडेल, क्षेत्रीय सदस्य हिरा कंडेल लगायतको सहभागिता रहेको थियो ।
बानपा–७ मा मत सुरक्षा समिति
नेकपा एमाले निकट युवाहरुको भेला बानपा–७ तितौरेमा शनिबार सम्पन्न भएको छ । भेलाले २४ सदस्यीय युवा चुनाव प्रसार समिति तथा मत सुरक्षा कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा सुरस कार्की, उपाध्यक्षमा राजकुमार कार्की, कोषाध्यक्षमा दिपेन्द्र कार्की, सचिवमा दुर्गाबहादुर कार्की रहेका छन् । कमिटीले स्थानीय निकायको निर्वाचन प्रसार, निर्वाचनको दिन मतपेटिका सुरक्षा तथा मतदान शिक्षाको विषयमा जानकारी गराउने बताइएको छ ।
Previous Articleम्याग्दीको गाउँ–गाउँमा चुनावी उत्सव
Next Article २०७४ बैशाख २४ गते आईतबारको राशिफल