म्याग्दी, २४ बैशाख – करिव दुईदशक पछाडी हुन लागेको स्थानीय तहको निर्वाचनले म्याग्दीको ग्रामिण क्षेत्रमा चुनावी चहलपहलले तिब्रता पाएको छ । स्थानीय तहको निर्वाचन संगै केन्द्र देखी जिल्लासम्मको सरकारी सेवा सुविधाहरू घरदैलोबाटै प्राप्त गर्ने, लोकप्रिय नेतालाई निर्वाचित गराउने र विकासले प्राथमिकता पाउने भएकाले जनता उत्साहित भएका हुन । स्थानीय तहको निर्वाचनमा मनोनयन दर्तासंगै नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपालको सर्मथनमा नयाँ शक्ती, राष्ट्रिय जनमुक्ती पार्टी र स्वतन्त्र उम्मेदवारले वडा देखी गाउँपालिका प्रमुखसम्म उम्मेदवारी दर्ता गरेलगत्तै उत्साहजनक उपस्थितीमा चुनावी सरगर्मी बढेकोे छ । चुनावी अभियानलाई सभा सम्मेलन देखी घरदैलो अभियानसम्म जुटेपछि विहानै देखी मध्यरातसम्म चुनाव केन्द्रित गतिविधि सञ्चालन भइरहेको छ । ‘साना बालबालिका देखी बृद्धबृद्धासम्मलाई चुनावले छोएको छ, धेरै नयाँ मतदाता भोट हाल्न आतुर छन्’ ओखरबोटका नविन पुनले भने । उनले स्थानीय निकाय नहुदाँ ग्रामिण क्षेत्रमा विकास सहित आवश्यकता अनुसारको गतिविधिले प्राथमिकता नपाएको अवस्थामा गाउँपालिका देखी वडास्तरसम्म अधिकार प्राप्ती हुने स्थानीय तहको निर्वाचनका ओखरबोटका सबैजसो जनताले आफ्नो मत हाल्ने बताए । बेनी नगरपालिका र ५ गाउँपालिकका वडास्तरमै चुनाव केन्द्रित अभियान सञ्चालन भइरहेको छ । घरघरम मतदातालाई आफ्नो योजना सुनाउँदै उम्मेदवार देखी दलका कार्यकर्ता पुगेपछि गाँउले समेत उत्साहित छन् । महिला, दलित, पिछडीयका समुदायहरुको वडास्तरमै प्रतिनिधित्व हुने भएपछि घरघरमा उम्मेदवारका बारेमा चर्चा हुने गरेको छ । ०७० सालको दोस्रो संविधान सभाको निर्वाचन पछाडी स्थानीय तहको निर्वाचनमा जुटेका राजनीतिक दलले आफ्ना चुनावी एजेण्डालाई घरदैलोेमै पु्गेर मतदातालाई सुनाउने गरेका छन् । सहर देखी गाउँसम्म चुनावी चहलपहल बढेपछि बहिस्कार र खारेजीको माग गरिरहेको नेकपाको अभियानलाई समेत जनताको ब्यापक उपस्थितीतिले छायाँमा पारेको छ । चुनाव केन्द्रति अभियान संगै सुरक्षा ब्यवस्था समेत कडा बनाइएको छ । जिल्लामा कांग्रेस र माओवादी र एमाले–राप्रपा विचको तालमेलले समेत चुनावी अभियान थप पेचिलो हुने निश्चित छ । बेनी नगरपालिका देखी गाउँपालिकासम्म चुनावी तयारीमा जुटेका राजनीतिक दलले आफ्नो पक्षमा पार्न आवश्यक सबै शक्ती प्रयोग गर्ने निश्चित छ । बेनी नगरपालिकामा नेपाली कांग्रेस र माओवादीको तालमेलमा मेयरमा कांग्रेसका हरिकुमार श्रेष्ठ,उपप्रमु्खमा माओवादी केन्द्रकी ज्योती लामिछाने, नेकपा एमाले र राप्रपाको तालमेलमा मेयरमा एमालेका प्रमोद श्रेष्ठ, उपप्रमुख राप्रपाकी सञ्जु बरुवाल चुनावी मैदानमा छन् । जिल्लामा ७१ हजार ४६३ मतदाता रहेका छन् । जसमा कुल मतदाता मध्ये बेनी नगरपालिकामा १८ हजार ३४५, मंगला गाउँपालिकामा ११ हजार ५८, मालिका गाउँपालिका १० हजार ६४४, धौलागिरि गाउँपालिका ९ हजार ३३४, रघुगंगा गाउँपालिका ११ हजार ५६३ र अन्नपुर्ण गाउँपालिकामा १ जना तेस्रो लिङ्ग सहित १० हजार ५१९ मतदाता रहेका छन् ।
Previous Articleनयाँ शक्तिलाई बाटो छेकेर गोरखामा माओवादी आक्रमण
Next Article बागलुङमा चुनावी माहोल बढ्दै