उनीहरुको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। माओबादीले नयाँ शक्तिका कार्यकर्ता चढेको ग २ च ३३६४ नम्बरको बोलेरो जीपको सीसा फुटाइदिएका छन्। इट्टा प्रहारबाट बोलेरोको अगाडि भागको सीसा फूटेको छ भने बा ३७ प २६०४ र बा ४० प ६४२७ नम्बरको मोटरसाइकल तोडफोड गरिदिएका छन्।
नयाँ शक्तिबाट गोरखा नगरपालिकाको प्रमुख पदका उमेद्वार पूर्वसभासद ज्ञानेन्द्र कुमालको नेतृत्वमा देउरालीमा चुनावी सभा गरेर सदरमुकाम फर्कंदै गरेको टोलीमाथि माओबादीका कार्यकर्ताले आक्रमण गरेका थिए। कुमाल स्कारपियो गाडीमा रहेकाले आक्रमणमा परेनन्। बोलेरोमा चढेका नयाँ शक्तिका कार्यकर्तामाथि माओबादीले कुटपिट गरेको प्रत्यक्षदर्शीले जनाएका छन्।गोरखामा माओवादी र नयाँ शक्तिबीच झडपपछिको दृश्य
चुनावी प्रचारका लागि बोलेरो र मोटरसाइकलमा सवार माओबादी कार्यकर्ताले आफूहरुको कार्यकर्तामाथि कुटपिट गरेको नयाँ शक्तिका नेता ज्ञानेन्द्र कुमालले बताए। घटनापछि केहीबेर आँबुखैरेनी–गोरखा सडकखण्ड अबरुद्ध भएको थियो। घटनास्थलमा प्रहरी उपरीक्षक जनकराज पाण्डेय, प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
नयाँ शक्ति पार्टीका कार्यकर्तामाथि आफूहरुले आक्रमण नगरेको दाबी गर्दै नेकपा माओबादी केन्द्रका नेता कृष्ण रानाले भने, ‘हाम्रा साथीहरुले लालसलाम भन्नुभयो। उनीहरुले अश्लिल इसारा गरेपछि सामान्य बिबाद भएको हो। कुटपिट गरेको छैन।’गोरखामा माओवादी र नयाँ शक्तिबीच झडपपछिको दृश्य
तर प्रत्यक्षदर्शीका अनुसार माओबादी कार्यकर्ताले झण्डा राखेको डण्डा र इट्टाले नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण गरी घाइते बनाएका हुन्। नयाँ शक्तिका कार्यकर्तालाई कुटपिट गरेपछि माओबादी कार्यकर्ता सदरमुकामतर्फ गएको स्थानीयबासीले बताए।गोरखामा माओवादी र नयाँ शक्तिबीच झडपपछिको दृश्य
नयाँ शक्तिलाई बाटो छेकेर गोरखामा माओवादी आक्रमण
Previous Article८६ वर्षीय शेरचनको सगरमाथा आरोहणका क्रममा निधन
Next Article म्याग्दीको गाउँ–गाउँमा चुनावी उत्सव