सन्तोष गौतम
म्याग्दी, २२ बैशाख – स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा उमेद्वारी दर्ता गराएका बेनी नगरपालिका र गाउँपालिकाकामा धमाधम उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार मनोनयन फिर्ता गरेका छन् । रघुगंगा गाउँपालीकामा भने कसैको पनि उमेद्वारी फिर्ता भएको छैन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेनी नगर पालीकामा ११, मंगलामा ५, मालीकामा ५, धौलागिरीमा ५ र अन्नपूर्णमा ४ जनाको उमेद्वारी फिर्ता भएको छ । नेकपा माओवादी केन्द्रबाट बेनपाको मेयरमा उमेद्वारी दर्ता गराएका चन्द्रबहादुर घिमीरे, बेनपा १ का अध्यक्षका उमेद्वार चित्रबहादुर थापा, सदस्य दलबहादुर थापा, बेनपा ८ की सदस्य देवी केसी र ९ का सदस्य गंगाबहादुर बानियाले मनोनयन फिर्ता लिएका छन् । बेनपा ७ मा नेपाली काँग्रेसका सदस्यका उमेद्वार खिमबहादुर छन्त्याल र अच्युत गिरी, बेनपा १ का सदस्य जमूना नेपाली, देवीकुमारी रावल र जंगबहादुर थापाले उमेद्वारी फिर्ता गरेका छन् । बेनपा ६ को वडा अध्यक्षमा उमेद्वारी दर्ता गरेका राप्रपाका सम्मरबहादुर खत्रीले पनि मनोनयन फिर्ता लिएका छन् । बेनपामा १६४ जनाको उमेद्जारी दर्ता भएकोमा ११ जनाले मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले बताए । मंगला गाउँपालीमा नेपाली काँग्रेसका अध्यक्षका उमेद्वार श्रीराम पौडेल, स्वतन्त्र चक्रपाणी आचार्य, उपाध्यक्षका उमेद्वार नेकपा माओवादी केन्द्रकी पूर्णीमा बिसी, राप्रपाका २ नम्बर वडा अध्यक्ष बिनोद भट्टचन र ५ का स्वतन्त्र वडा अध्यक्ष टंकप्रसाद बुढाथोकीले उमेद्वारी फिर्ता लिनुभएको सहायक निर्वाचन अधिकृत बिष्णुप्रसाद पौडेलले जानकारी दिए । मालीका गाउँपालीकामा माओवादी केन्द्रका ४ र राप्रपाका १ जनाले उमेद्वारी फिर्ता गरेका छन् । माओवादी केन्द्रका ५ नम्बर वडा अध्यक्ष रवीन्द्र राना, सदस्य हिराबहादुर घर्ती र दलित महिला सदस्य गौमती घर्ती बिक, ७ नम्बर वडा सदस्य रकप्रसाद शेरपुञ्जा र राप्रपाका १ नम्बर वडा सदस्य भक्तबहादुर सुनारले उमेद्वारी फिर्ता लिए । धौलागिरी गाउँपालीकामा माओवादी केन्द्रका ७ नम्बर वडाका सदस्य खुमनाथ सुवेदी, राष्ट्रिय जनमोर्चाका वडा सदस्य डिलु सुनार र स्वतन्त्र उमेद्वार प्रेमबहादुर थापाले मनोनयन फिर्ता लिएका छन् । रघुगंगामा कसैले पनि उमेद्वारी फिर्ता नगरेको निर्वाचन अधिकृत विश्वामित्र कुईकेलले बताए । अन्नपूर्ण गाउँपालीकामा ४ जनाको उमेद्वारी फिर्ता भएको छ ।
५ नम्बर वडाका सदस्य पूर्णबहादुर पाईजा, ६ नम्बर वडाका सदस्य धनबहादुर बरुवाल, टिकाबहादुर बरुवाल र १ नम्बरका वडा सदस्य नौबहादुर पुर्जाले उमेद्वारी फिर्ता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक नगरपालीका, ५ गाउँपालीका र ४५ वटा वडाको २३७ पदका लागि ६२६ जनाको उमेद्वारी दर्ता भएकोमा तिस जनाले फिर्ता लिएपछि ५९६ जना उमेद्वारी चुनावी मैदानमा उत्रिने भएका छन् । शुक्रबार उमेद्वारहरुको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालीका छ ।