बागलुङ, २२ बैशाख – बागलुङ नगरपालिका वडा नम्बर ७ मा बिहीबार नेकपा एमालेको भातृ संगठन युवा संघ गठन गरिएको छ । बानपा ७ मा रहेका एमाले समर्थक युवाहरुको भेलाले प्रकाश गैरेको अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रविन किसान, सचिवमा मिलन कार्की लोकेन्द्र, सहसचिवमा दिनेश गैरे र कोषाध्यक्षमा शिव बर्देवा रहेका छन् । संघको सदस्यहरुमा शंकर न्यूरे, टिकाराम शर्मा, गोविन्द किसान, पवित्रा केसी, शारदा गैरे, विष्णु किसान र खिम बहादुर किसान रहनुभएको युवा संघ बागलुङका जिल्ला सचिवालय सदस्य दिपेन्द्र पौडेलले जानकारी दिए । कार्यक्रमा नेकपा एमालेका क्षेत्रीय सदस्य महेन्द्र शर्मा, बानपा ७ की दलित महिला पदकी उम्मेदवार देविमाया विश्वकर्मा र युवा संघ बागलुङका जिल्ला सचिवालय सदस्य दिपेन्द्र पोडेलले आफ्नो भनाई राखेका थिए । बरुण गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत दिपेन्द्र पौडेल र संचालन हरि गौतमले गरेका थिए ।
Previous Articleगृहमन्त्री बिमलेन्द्र निधिको राजीनामा फिर्ता
Next Article म्याग्दीमा क–कसले उम्मेदवारी फिर्ता लिए