काठमाडौं, २१ वैशाख-प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोगप्रति आपत्ति जनाउदै सरकारको उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका बिमलेन्द्र निधिले राजीनामा फिर्ता लिएका छन ।
आइतबार प्रधानमन्त्री समक्ष निधिले राजीनामा बुझाउएका थिए । बुधबार दिनभरको छलफलपछि र बिहीबार बिहान गृहमन्त्री निधि पुनः गृहमन्त्रालय सम्हाल्न तयार भएका हुन ।
निधिलाई मन्त्रालय सम्हाल्न अनुरोध गर्नकै निम्ति कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री निधिबीच बिहीबार बिहान छलफल भएको थियो । छलफलपछि निधिले पुनः गृहमन्त्रालय सम्हाल्ने सहमति भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । आज जनकपुर जाने कार्यक्रम भएकाले निधि शुक्रबारबाट मात्र मन्त्रालयमा उपस्थित हुने कार्यक्रम रहेको दाहालले जानकारी दिए ।