बागलुङ, २१ बैशाख – बागलुङ नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका जनक पौडेलले ५ वर्षभित्र बागलुङका नागरिकहरुको आयस्रोतमा दोब्बर गर्ने घोषणा गरेका छन् । बुधबार नेकपा एमाले नगर निर्वाचन परिचालन कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार पौडेलले उक्त कुरा बताएका हुन । उनले आफुले मेयर पदमा जितेमा बागलुङ नगर भित्रको ढलको समस्याको साथै पूर्वाधारहरुको विकास गर्ने पहिलो प्राथमिकता रहेको बताए । उनले बागलुङ नगरमा सिटी हलको व्यवस्था गर्ने बताए । पौडेलले बागलुङ नगरलाई प्रविधि मैत्री गराउनको लागि वाईफाईको साथै नयाँ नयाँ प्रविधिहरुको प्रयोगलाई प्राथमिकता दिने बताए । पौडेलले नगरपालिका भित्र रहेका दलित, महिला, बेरोजगार युवाहरुको समस्याको समाधानको लागि कार्ययोजना गराएको बताए । उनले नगरपालिका भित्र रहेका पिछडिएका नागरिकहरुलाई पहुँचमा पु¥याउने बताए । बागलुङ नगरलाई धार्मिक तथा पर्यटन मुखी बनाउने बताएका थिए । कालिका भगवती मन्दिर, पञ्चकोट र भैरवस्थान मन्दिरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गरी धार्मिक पर्यटकहरुलाई नगरमा भित्राउने र बागलुङ नगरलाई पर्यटन केन्द्रको रुपमा लैजाने बताए । उनले बागलुङ नगरपालिका कालिगण्डकी कोरिडोर र मध्यमहाडी लोकमार्गको विचमा रहेकोले पनि दुवै सडकबाट जाने सवारीहरुलाई बागलुङ बजारमा भित्र्याउने र बजारलाई पर्यटननगरी गराउनको लागि विशेष योजनाहरु बनाएको बताए । उक्त अबसरमा बोल्दै उममेयरका उम्मेदवार सुरेन्द्र खड्काले बागलुङ नगरपालिकाको समस्याहरुको अन्त्यको लागि आफुहरुले विशेष योजनाहरु बनाएको र त्यसको पूर्णरुपमा लागु गरेर नगरपालिकाका नागरिकहरुलाई सरकारी संयन्त्रको सजिलो तरिकाबाट पालना गर्न सहयोग पु¥याउने बताए । पत्रकार सम्मेलनमा बागलुङमा एकता गरेर निर्वाचनमा जाँदा महिला उम्मेदवारहरुलाई किन प्राथमिकता नदिएको भन्ने पत्रकारहरुको प्रश्नमा नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष इन्द्रलाल सापकोटाले आफ्नो पार्टीले महिलाहरुलाई अगाडी बढाउनुपर्छ र स्थानीय निकायको निर्वाचनमा महिलाहरुको स्थानको लागि पार्टीले पहिले देखि पहल गर्दै आएको बताउँदै जिल्लामा एकता हुँदा कुनै कुनै स्थानमा छुट्नपुगेता पनि धेरै स्थानमा महिलाहरुलाई अगाडी बढाएको बताए । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाकी केन्द्रिय सदस्य तथा वडा नं. ३ का अध्यक्षका उम्मेदवार लक्ष्मी बाँस्कोटाले बागलुङ जिल्लाको आवश्यकताले गर्दा राप्रपासँग मिलेर निर्वाचनमा उम्मेदवारी दिएको बताइन । बागलुङ जिल्लाका धेरै स्थानमा एमाले र राष्ट्रिय जनमोर्चाले एकता गरेर चुनावमा भाग लिएका छन् भने कुनै स्थानमा राप्रपालाई पनि साथमै लिएर निर्वाचनमा भाग लिएका छन् । नगर निर्वाचन परिचालन कमिटिका संयोजक गोविन्द गौतमको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको संचालन नेकपा एमाले बागलुङका प्रचार प्रसार विभाग प्रमुख तथा नगरका उपसंयोजक धन बहादुर परियारले गरेका थिए ।
Previous Articleपार्टीका झण्डा बनाउन भ्याइनभ्याई
Next Article यसरी हुदैछ कोरिडोरको काम