पर्वत, २१ बैशाख – सधैँजसो सामान्य काम मात्र हुने आर्टस्हरुमा यतिबेला पार्टीको झण्डा बनाउने कामले भ्याइ नभ्याई जस्तै छ । कुश्माको प्रगति चोक र मैत्री चोक सँगै अन्य विभिन्न आर्टिस्ट व्यवसायीहरु अहिले अर्डर बमोजिमका विभिन्न राजनीतिक दलका लोगो अंकित झण्डाहरु बनाउन व्यस्त रहेका छन् । राजनीतिक दलले चुनावी प्रचार–प्रसारलाई तीव्रता दिन थालेपछि आर्ट व्यवसायलाई पनि फाइदा पुगेको छ । बजार क्षेत्रका अधिकांश आर्ट पसलमा झन्डा, ब्यानर, फ्लेक्स प्रिन्ट, भिजिटिङ कार्ड, टि–सर्ट प्रिन्ट र ब्यालेर पेपर बनाइने गरेको विवि आर्टस कुश्माका सञ्चालक सुरज बोहेराले बताए । ‘एक साता भयो, पार्टीको झन्डा बनाउन भ्याइनभ्याई छ,’ उनले भने, ‘चुनावी माहोल सुरु भएपछि अरू सबै काम बाँकी राखेर रातदिन नभनी काम गर्नुपरेको छ ।’ उनले दैनिक चारदेखि ६ सयसम्म झन्डा बनाइरहेको बताए । ठूला राजनीतिक दलको काम बढी आउने भएकाले हतारमा काम गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । झण्डा बनाउनकै लागि घर परिवारका सवै सदस्य खट्नुपरेको उनको भनाई छ । ‘काम थपिँदा केही समस्या भएको छ,’ बोहोराले भने,‘त्यसमाथि सबैको काम छिटो गर्नुपर्ने बाध्यता थपिएको छ ।’ ग्रामीण क्षेत्रमा आर्ट व्यवसाय नहुँदा प्रचार सामग्री प्रिन्ट गर्न बजार क्षेत्रमै धाउनुपर्ने बाध्यता छ ।
Previous Articleकाठेखोलामा एमालेका उमेदवारहरु घरदैलो अभियानमा
Next Article ५ वर्षभित्र नगरको आयस्रोत दोब्बर–पौडेल