काठमाडौं, १९ बैशाख – संवैधानिक परिषद्ले अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातको नाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ। परिषद्ले अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो।
नाम सिफारिस भएपछि बस्न्यातले अख्तियारको कामकारबाहीलाई सन्तुलितका साथै प्रभावकारी बनाउने प्रतिक्रिया दिएका छन्। आफु अख्तियार बारे परिचित रहेको भन्दै होहल्ला गर्ने भन्दा पनि काम गरेरै देखाउनुपर्ने अवस्था आएको बताए।
Previous Articleको को उठ्दैछन् बागलुङमा?
Next Article सबैभन्दा ठूलो महानगर प्रमुख उम्मेदवारका ‘पोखरा सपना’