बागलुङ, १९ बैशाख – पहिलो चरणको स्थानीय चुनावका लागि बागलुङ जिल्लामा क्रियाशिल दलहरु उम्मेदवार दर्ताको तयारीमा रहेका छन् । वैशाख ३१ गते चुनावका लागि बागलुङ जिल्लामा क्रियाशिल दलहरुले मंगलबार हुने उमेदवारी दर्ताका लागि उमेदवार छनौटलाई तिव्रता दिएका छन् । नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनको लागि बागलुङ नगरपालिका र गल्कोट नगरपालिकामा सोमबार राती अवेरसम्म उमेदवार टुग्गो लगाउन सकेको छैन । कांग्रेसले जैमिनी नगरपालिकाको मेयरमा इन्द्रराज पौडेल र उपमेयरमा कौशिला विक, ढोरपाटन नगरपालिकामा मेयरमा अर्जुन शेरचन र उपमेयरमा दिलमाया पौबी, बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी अधिकारी र उपाध्यक्षमा अमर बहादुर श्रीस, तमानखोला गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा मानसरी शेरचन, निसीखोला गाउँपालिकाको अध्यक्षमा तारानाथ पौडेल र उपाध्यक्षमा शोभाकुमारी कार्कीलाई चयन गरेको छ । यसैगरी कांग्रेसले बरेङ गाउँपालिकाको अध्यक्षमा मेख बहादुर छन्त्याल र उपाध्यक्षमा विष्णु बस्नेत खत्री, काँठेखोला गाउँपालिकाको अध्यक्षमा होम बहादुर हमाल र उपाध्यक्षमा ज्ञानु श्रीसलाई चयन गरेको नेपाली कांग्रेसले जनाएको छ । यस्तै स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले प्रदेश कमिटी–४ले बागलुङको ४ नगरपालिका र ६ गाउँपालिका प्रमुख र उपप्रमुखहरुको टुङ्गो लगाएको छ । एमालेका अनुसार प्रदेश कमिटीले बागलुङ नगरपालिकाको मेयरमा जनक पौडेल र उपमेयरमा गीता शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठेखोला गाउँपालिका अध्यक्षमा अमर थापा र उप–अध्यक्षमा हुमाकुमार जिसी अञ्जु, गल्कोट नगरपालिका मेयरमा यामबहादुर श्रीस र उप–मेयरमा रत्ना भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जैमिनी नगरपालिकाको मेयरमा श्रीप्रसाद शर्मा र उपमेयरमा सावित्रा राना तथा ढोरपाटन नगरपालिकाको मेयरमा लक्ष्मण पुन र उपमेयरमा सिता कँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी, ताराखोला गाउँपालिका प्रमुखमा संञ्जय श्रेष्ठ र उपप्रमुखमा हिरादेवी घर्ती, बरेङ्ग गाउँपालिकाको अध्यक्षमा धनिश्वर पौडेल र उपाध्यक्षमा दुर्गा थापा, निसीखोला गाउँपालिका प्रमुखमा रुद्र पौडेल र उपप्रमुखमा दुर्गा पौडेल र तमानखोला गाउँपालिका प्रमुखमा उदीम छन्त्याललाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । बडिघाड गाउँपालिकाको प्रमुखमा मेयरसिंह पाइजा र उप्रमुखमा उषा घिमिरेलाई प्रदेश कमिटीले निर्णय गरेको एमालेले जनाएको छ । निर्णय भएका नामहरुमा स्थानीय चुनावी तालमेलको आधारमा हेरफेर गर्न सकिने एमालेले जनाएको छ । मंगलवार हुने मनोनय दर्ताको लागि नेकपा एमाले र राष्ट्रिय जनमोर्चा तथा एमाले र राप्रपाबीच चुनावी तालमेलको विषयमा छलफल भैरहेको एमाले स्रोतले जनाएको छ । सहमती भएमा उम्मेदवारी दिदा नै सोही अनुसार दिने वताइएको छ ।
यसैबिच, नेकपा माओवादी केन्द्रले पनि बागलुङ जिल्लाका सबै स्थानीय तहको उम्मेदवार टुङ्गो लगाएको छ । बागलुङ नगरपालिकामा मेयरमा कुसुम बुढा र उपमेयरमा निर्मल श्रेष्ठ, गलकोट नगरपालिकाको मेयरमा फमलाल न्यूरे र उपमेयरमा ललिता थापा, जैमुनीमा शोभाप्रसाद शर्मा मेयर, उपमेयरमा देवी शर्मा तथा ढोरपाटन नगरपालिकामा स्थानीय कमिटीलाई जिम्मा दिइएको केन्द्रका प्रचार बिभाग प्रमुख कृष्ण केसीले जानकारी दिए । काठेखोला गाउँपालिकामा कृष्ण थापा अध्यक्ष, लक्ष्मी खड्का उपाध्यक्ष, बरेङ गाउँपालिका अध्यक्षमा प्रदिप थापा, उपाध्यक्षमा चिनिमाया काला, बडिगाड गाउँपालिका अध्यक्षमा राजिव घिमिरे, उपाध्यक्षमा लक्ष्मी बुढा, ताराखोला गाउँपालिकामा प्रकाश घर्ति अध्यक्ष र उपाध्यक्ष भने स्थानीय स्तरमा टुंग्याउने गरी निर्णय गरिएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढा ‘सागर’ले बताए । निसीखोलामा प्रेम घर्ति अध्यक्ष र उपाध्यक्षमा यशोदा रेग्मी, तमानखोलामा सुर्य सिर्पाली अध्यक्ष र निलकुमारी पुन उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।
यस्तै राष्ट्रिय जनमोर्चाले पनि जैमिनी नगरपालिका प्रमुखमा नरबहादुर पुन, उप–प्रमुख लिलादेवी शर्मा, बागलुङ नगरपालिका प्रमुखमा लक्ष्मी बाँस्कोटा, उप–प्रमुख लोकनाथ शर्मा, गल्कोट नगरपालिका प्रमुखमा टङ्कबहादुर के.सी., उप–प्रमुख सुनमाया ढकाल, ढोरपाटन नगरपालिका प्रमुखमा गौरीश्वर पाण्डे, उप–प्रमुख दुर्गादेवी घर्तीमगर, बरेङ गाउँपालिका अध्यक्षमा कृष्णप्रसाद शर्मा, उपाध्यक्ष दिलमाया पुन, काँठेखोला गाउँपालिका अध्यक्षमा अर्जुनबहादुर खत्री, उपाध्यक्ष सिता किसान, ताराखोला गाउँपालिका अध्यक्षमा तिर्थसिंह थापा, उपाध्यक्ष पूर्णा चालिसे, बडीगाउँ गाउँपालिका अध्यक्षमा भिमसेन वन, उपाध्यक्ष रुनमाया थापा, निशीखोला गाउँपालिका अध्यक्षमा खिमविक्रम शाही, उपाध्यक्ष भोटुकुमारी चन्द र तमानखोला गाउँपालिका अध्यक्षमा डोरबहादुर क्षेत्री, उपाध्यक्ष बोमकुमारी बुढामगर उठाउने टुङ्गो लगाइ सकेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, नयाँ शक्ति पार्टी, संघिय समाजवादी फोरम लगायतका दलहरु पनि उमेदवार छनौटको अन्तिम तयारीमा रहेको बताएका छन् । आयोगले निर्वाचन कार्यतालिका अनुसार वैशाख २१ गते उम्मेदवारले नाम फिर्ता लिने र २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र त्यहिँ दिन चुनाव चिन्ह दिने गरी कार्यतालिका बनाएको छ । स्थानिय तहको निर्वाचनलाई मध्य नजर गरि बागलुङ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित ९ वटा स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
Previous Articleयी हुन पर्वत र म्याग्दीका उम्मेदवार
Next Article अख्तियारको प्रमुख आयुक्तमा दीप बस्न्यात सिफारिस