बागलुङ, १७ बैशाख – नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल भीमापोखराले शनिबार भीमापोखरामा जन्मेर बागलुङ बजारमा बसि काम गर्ने तथा पढ्ने युवाहरुको भेलाबाट काँठेखोला गाउँपालिका–२ भीमापोखरा–बागलुङ सम्पर्क कमिटी गठन गरेको छ । विष्णु थापाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा देव बहादुर थापा, सचिवमा इश्वर गौतम, सहसचिवमा दिनेश हमाल र कोषाध्यक्षमा रुद्र गौतम रहेका छन् । यस्तै सदस्यहरुमा रणसिंह थापा, रोशन थापा, गणेश थापा, शिव गौतम, सागर गौतम, दिनेश केसी, गणेश कार्की, दुर्गा बहादुर कार्की, अनिल शर्मा, सुनिल शर्मा, भीम बहादुर थापा, डम्मर बहादुर केसी, शंकर शर्मा र राम बहादुर आले रहेका छन् । भेलाको अवसरमा नेकपा एमाले बागलुङका जिल्ला सचिवालय सदस्य एवं काँठेखोला गाउँपालिका इन्चार्ज डिल्लीराज गौतम, जिल्ला कमिटि सदस्य अमर थापा, दिपक गौतम र जिल्ला लेखा कमिटी सदस्य खिम बहादुर कार्कीले बोलेका थिए । उक्त कार्यक्रमको अध्यक्षता युवा संघ नेपाल जिल्ला शाखा बागलुङका कोषाध्यक्ष प्रेम केसीले गरेका थिए ।
Previous Articleअञ्चल अस्पतालको आफ्नै औषधालय
Next Article मुख स्वास्थ्य नीति कार्यान्वय गर