बागलुङ, १५ वैशाख- जिल्लाको काठेखोला गाँउपालिका वडा नम्वर ३ धम्जामा पूर्ण सरसफाई सम्वन्धी १ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । पूर्ण सरसफाईका सुचकहरुका वारेमा जानकारी गराई पूर्ण सरसफाई युक्त वडा बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । जिल्ला समन्वय समिति पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा सम्पन्न तालिममा महिलाहरुसंग सम्वन्धीत महिनावारी स्वच्छता सम्वन्धी पनि जानकारी गराइएको थियो । धम्जाका स्वयमसेविका, महिला संजाल र आमा समुहका पदाधिकारीको सहभागीता रहेको कार्यक्रममा अगुवा वास सहजकर्ता बिजयालक्ष्मी न्युरेले सहजीकरण गर्नु भएको धम्जावाट बावुराम भण्डारीले जानकारी दिए ।
Previous Articleप्याव्सन र एनप्याव्सनमा तालावन्दी
Next Article बुर्तिवाङमा केन्द्रिय विद्युत विस्तार हुँदै