बागलुङ, १५ वैशाख- नियम विपरित भर्ना शुल्क बृद्धि गरेको बिरोधमा बागलुङका बिद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । उनीहरुले बिद्यालयहरुलाई पटक पटक ध्यानाकर्षण गराउदा पनि बेवास्ता गरेको भन्दै बिहिवार निजी तथा आवासीय बिद्यालयहरुको साझा संस्था प्याव्सन र एनप्याव्सनको जिल्ला कार्यालयमा तालावन्दी गरेका छन् । सरकारले निर्धा्रित भन्दा बढी शुल्क लिएको र सर्वोच्च अदालतको आदेश विपरित शुल्क बढाएको भन्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियू, नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नयाँ शक्ति विद्यार्थी युनियनको संयुक्त पहलमा तालाबन्दी गरिएको हो । संयुक्त बिद्यार्थी संगठनले मंगलबार जिल्ला शिक्षा कार्यालय बागलुङमा ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएका थिए भने बुधवार निजी विद्यालयको लेखा तथा प्रशासन शाखामा तालावन्दी गरेका थिए । विद्यार्थी संगठनको मागको विषयमा गम्भिर छलफल गर्ने निजी विद्यालय संचालकहरु तयार नभए सम्म तालाबन्दी नखोल्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागलुङका सचिव शिव शर्माले बतए । तर, जिल्लाका निजी तथा आवासीय बिद्यालयहरुले भने व्यहारिक रुपमै शैक्षिक गुणस्तर कायम राख्ने गरि शुल्क निर्धारण गरिएको दाबी गरेका छन् । केन्द्रिय कार्यक्रम अनुसार बागलुङमा तालाबन्दी गरिए पनि भर्ना शुल्क यहाँ बृद्धि नभएको एनप्याब्सन बागलुङका अध्यक्ष बालकृष्ण शर्माले बताए ।
Previous Articleभारतीय चर्चित अभिनेता विनोद खन्नाको निधन
Next Article धम्जामा सरसफाई अभिमुखिकरण तालिम