बागलुङ, १५ वैशाख- नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले पश्चिम बुर्तिवाङमा केन्द्रिय विद्युत लाइन विस्तार गर्ने भएको छ । विभिन्न साना तथा ठुला लघु जलविद्युतबाट अध्यारो छलेका स्थानीय उपभोक्तालाई जोड्न केन्द्रिय बिद्युत लाइन बिस्तार गर्न थालिएको केन्द्रले जनाएको छ । गलकोट नगरपालिका सम्म पुगेको केन्द्रिय लाइन विस्तार गरेर खर्वाङ, ग्वालिचौर, भिमगिठे हुँदैँ बुर्तिवाङ बजारमा पु¥याउने योजना बनाइएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख रोहिनी पौडेलले बताए । बागलुङ जिल्लाको करिव ५० प्रतिशत क्षेत्रमा केन्द्रिय विद्युत पुगेको अवस्थामा लोडसेडिङ मुक्त भई विद्युतको माग भन्दा आपुर्ति धैरै हुने भएकाले उर्जा मन्त्रालयले थप विद्युतीकरणलाई प्राथमिकतामा राखेको छ । बागलुङ वितरण केन्द्रले हाल आंशिक रुपमा विद्युतिकरण भएका सर्कुवा, राङ्खानी, पैयुथन्थाप, सल्यान, अमरभुमि, दुदिलाभाटी, मल्म, काँडेवास, रिघा लगायतका गाविसमा चालु आर्थिक वर्ष भित्रै विद्युतीकरण गर्ने योजना भएको केन्द्र प्रमुख पौडेलले बताए । जिल्ला सदरमुकाम देखि ९० किलोमिटर पश्चिममा रहेको बुर्तिवाङ क्षेत्रमा केन्द्रिय स्तरको विजुली विस्तार हुने भए पछि स्थानीयले खुशी व्यक्त गरेका छन् । तमान, निसी, बोवाङ खोलामा ८ देखि १ सय किलोवाट सम्म २० वटा साना हाईड्रो पावरबाट विजुली उत्पादन गरेर प्रयोग गर्दै आएका छन् । जिल्लामा बिद्युत बिस्तारका साथै नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले बिद्युतको दुर्घटना जोखिम कम गर्न नयाँ कार्य पनि अघि बढाएको छ । दुर्घटनाको जोखिम कम गर्नुका साथै बागलुङलाई सफा र सुन्दर नगरी बनाउन नगर भित्र रहेका नाङ्गा तारहरुलाई हटाई केवुल तार जडान गरिने केन्द्रका प्रमुख पौडेलले बताउनुभयो । स्थानीय स्तरमा उत्पादन गरिएका लघु जलबिद्युतबाट बिजुली बाल्ने गरेता पनि केन्द्रिय विद्युत लाइन नहुुदा बुर्तिवाङबासीले बजारमा रहेको रेडियो, दुरसञ्चार, फर्निचर उद्योग संचालनमा समस्या हुनुका साथै अस्पतालको भिडियो एक्सरे सञ्चालनमा समेत समस्या खेप्नु परेको थियो ।
Previous Articleधम्जामा सरसफाई अभिमुखिकरण तालिम
Next Article छन्त्याल जातिले नै बिर्से र्आनो भाषा