काठमाडौं, १४ वैशाख-भारतीय चर्चित अभिनेता बिनोद खन्नाको निधन भएको छ । सांसदसमेत रहका खन्नाको ७० वर्षको उमेरमा बिहीबार मुम्बईमा निधन भएको हो । खन्ना लामो समयदेखि बिरामी परेका थिए । उहाँले थुर्पै फिल्महरुमा अभियन गगरेका छन् । गत अप्रिलदेखि उनी सिकिस्त बिरामी परेका थिए । खन्ना भारतीय जनता पार्टीको तर्फबाट सांसदसमेत बनेका थिए । १ सय ४० वटा भन्दा बढी फिल्मा अभियन गरेका खन्ना पछिल्लो समय ब्लड क्यान्सरका कारण पीडित थिए । उहाँको म्बईको एचएन रिलायन्स फउण्डेशन एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । सन् १९४६ मा जन्मिएका खन्ना बलिउडका सुपरस्टार अभिनेता हुन । खन्नाले सन् १९६८ मा ‘मन का मित’ चलचित्रमार्फत उनले बलिउडमा डेब्यु गरेका थिए । सुरुमा भिलेनको भूमिकामार्फत अभिनय सुरु गरेका खन्ना आफ्नो जीवनकालभर सुपरहिट अभिनेता रहन सफल थिए । सन् १९९८ देखि राजनीतिमा क्रियाशील भएका खन्ना राजनीतिमा पनि सफल व्यत्तिः थिए । उनी पञ्जावको गुरदासपुरबाट चार पटकसम्म सांसद निर्वाचित भएका थिए । सन् २००३ मा अलट बिहारी बाजपेयीको प्रधानमन्त्री हुँदा उनी बिदेश राज्यमन्त्रीसमेत बनेका थिए ।
Previous Articleलमजुङमा एमाले र माओवादी केन्द्रबीच तालमेल
Next Article प्याव्सन र एनप्याव्सनमा तालावन्दी