बागलुङ, १४ वैशाख-राष्ट्रिय फोटो पत्रकार समूह बागलुङले समूहको २० औं स्थापना दिवशका अवसरमा दिपप्रज्वलन गरेको छ । लोकतन्त्रचोकमा गरिएको दिपप्रज्वलनमा विभिन्न संचारमाध्यमका क्रियाशिल पत्रकार जमघट भएर फोटो पत्रकारिताको महत्वबारेमा छलफल पनि गरेका थिए । उक्त अवसरमा पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले फोटो पत्रकारितालाई व्यवसायिक र बीट पत्रकारिताको रुपमा ल्याउन सकेमा हजारौं शब्दले नदिएको सन्देश एउटै फोटोले दिन सक्ने धारणा राखे । कार्यक्रममा निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीलेपनि पत्रकारिताको विकासमा फोटो पत्रकारिताको पनि उत्तिकै योगदान रहेको धारणा राखे । समूहका कावा अध्यक्ष मञ्जुल शाक्यको अध्यक्षता, सदस्य प्रकाश बरालको स्वागत र सदस्य ताराप्रसाद शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।