बागलुङ, १४ वैशाख-निर्वाचन केन्द्रित सुरक्षालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङले अबैध घरेलु मदिर नियन्त्रण अभियान सुरु गरेको छ । प्रहरीले मंगलबारदेखि सुरु गरेको अभियान अन्तरगत ढोरपाटन नगरपालिकाको वडा नम्बर–१ बुर्तिबाङ बजार र आसपासको क्षेत्रबाट बरामद गरेको घरेलु मदिरा आज नष्ट गरेको छ । निर्वाचनको समयमा जथाभावि मदिरा सेवान गरेर होहल्ला हुनसक्ने र त्यसले निर्वाचन सुरक्षलाई समेत प्रभावित पर्ने भन्दै त्यसको न्युनिकरणको लागि अभियान थालिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । लाईसेन्स प्राप्त मदिरा सेवानलाई पनि व्यवस्थित गर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीले मंगलबार र बुधबार दुईदिन बुर्तिबाङ बजार तथा आसपासबाट बरामद भएको १ सय ७० लिटर तयारी मदिरा, ९ सय ५५ लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र ५५ केजी मर्चा बुधबार राजनितिक दल, पत्रकार लगायत सरोकारवालाको उपस्थितीमा नष्ट गरेको हो । प्रहरीले नियमित प्रहरी कार्मचारी सहित निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीलाई पनि मदिरा नियन्त्रण अभियानमा परिचालन गरेको छ । ईलाका प्रहरी कार्यालय मातमतका सबै प्रहरी ईकाईले पनि मदिरा उत्पादन र सेवानलाई व्यवस्थीत गर्ने अभियान सुरु गरेको ईप्रका बुर्तिबाङले जनाएको छ ।
अभियान थप कडाईका साथ निरन्तर सञ्चालन हुने प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिएका छन् ।
Previous Articleबेनी नपामा यस्ता छन् कांग्रेसका उम्मेदवार
Next Article एमालेमा संयमता आवश्यक