म्याग्दी, १४ वैशाख-आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले बेनी नगरपालीकामा उमेद्वार चयन गरेको छ । नेपाली काँग्रेस बेनी नगर समितिले बुधबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेलामा सर्वसम्मत चयन भएका नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षका उमेद्वारी घोषणा गरिएको हो । नगर प्रमुखमा जिल्ला कार्यसमिति सचिव हरिकुमार श्रेष्ठलाई उमेद्वार बनाउने निर्णय गरेको काँग्रेसले उपप्रमुखको उमेद्वार भने सार्वजनीक गरेको छैन् । अंग्रेजीमा स्नाकोत्तर गरेका श्रेष्ठ शिक्षण पेशाबाट सेवा निवृत भएर राजनिति र सामाजिक क्षेत्रमा क्रियाशिल छन् । भद्र र शालीन स्वभावका मंगलाघाट निवासी श्रेष्ठसंगै विभिन्न शैक्षिक, वित्तीय र सहकारी तथा नेपाल बाल संगठन लगायत संस्थाको नेतृत्व सम्हालेको अनुभव छ । काँग्रेसबाट उपप्रमुखमा नेपाल महिला संघकी पुर्व सभापती बिना खड्काको नाम सर्वसम्मत सिफारीस भएको छ । उपप्रमुख छाडेर नगर प्रमुख र वडा अध्यक्षका उमेद्वारहरु चयन भएको नेपाली काँग्रेस म्याग्दीका सहसचिव अजयमिलन श्रेष्ठले बताए । नेपाली काँग्रेस र माओवादी केन्द्र बीच तालमेलको विषयमा छलफल भैरहेकाले उपप्रमुख पदमा उमेद्वार चयन भएपनि घोषणा नभएको बताइएको छ । तालमेल भएको अवस्थमा माओवादीलाई केही वडाको अध्यक्ष छोड्ने गरी काँग्रेसले उमेद्वार तय गरेको बुझीएको छ । तालमेलको विषयमा दुई वटै पार्टीका नेताहरु केही दिनदेखि निरन्तर छलफलमा छन् । नेपाली काँग्रेसले बेनपा १ रत्नेचौरमा छवीलाल श्रेष्ठ, २ ज्यामरुकोटमा प्रताप मल्ल, ३ भकिम्लीमा जसबहादुर पुन, ४ सिंगामा मिनबहादुर बानिया, ५ पुलाचौरमा यामबहादुर बानिया, ६ मा नारायण कार्की, ७ मा रमेशकुमार श्रेष्ठ, ८ मा धनप्रसाद श्रेष्ठ, ९ घतानमा मा चक्र केसी र १० पात्लेखेतमा रिम रोकालाई वडा अध्यक्षको उमेद्वारको टिकट दिएको छ । रत्चौरको अर्जमका बासिन्दा श्रेष्ठ र ज्यामरुककोटको बगरफाँटका बासिन्दा मल्ल काँग्रेसका पुराना कार्यकर्ता हुन् । भकिम्लीका पुन भारतीय सैनीकका सेवा निवृत भएर सामाजिक र राजनितिमा क्रियाशिल रहदै आएका छन् । तातोपानीका बासिन्दा बानिया तातोपानी कुण्ड व्यवस्थापन समितिको सचिव हुन । ६ नम्बर वडाका उमेद्वार कार्की ब्यवसायी हुन भने पुलाचौरका उमेद्वार बानीया काँग्रेसका पुराना कार्यकर्ता हुन ।