बागलुङ, १३ बैशाख – आमाको मुख हेर्ने दिन अर्थात् माता तीर्थ औंसीको सन्दर्भ पारेर गायक शान्तिम कोइरालाको नयाँ गीत सार्वजनिक भएको छ। युट्युब मार्फत बुधबार सार्वजनिक ‘आमा’ बोलको गीतमा जितेन्द्र मल्लको शब्द र कल्याण सिंहको शब्द छ।
आमाको वियोगमा गाइएको यो मार्मिक गीतमा उदयराज पौडेको सुन्दर साङ्गीतिक संयोजन सुन्न पाइन्छ। गीतकार मल्लले आफ्नी स्वर्गीय आमा शारदादेवी मल्लप्रति समर्पित गरेको यस गीतको भिडियोलाई सम्पूर्ण आमाहरु प्रति पनि समर्पित गरिएको छ। श्यामश्वेत फुटेजहरुको लिरिकल भिडियोमा गीतको शब्दलाई अङ्ग्रेजीमा समेत अनुवाद गरिएको छ।
शब्द, सङ्गीत र स्वरको मीठो संयोजनमा बुनिएको यस गीतमा आमाको अभावमा छोराले अभिव्यक्त गरेको पीडा बोलेको छ।