बागलुङ, १३ बैशाख / बागलुङ पनि क्रियाशिल विद्यार्थी संगठनले जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । देश भरका निजी शैक्षिक संस्थाले मापदण्ड विपरीत चर्को शुल्क असुलेको भन्दै ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा शैक्षिक संस्थाहरुले आफ्नो मनोमानी तरिकाले विद्यार्थीहरुबाट शुल्क असुली गर्नाले अभिभावक तथा विद्यार्थीहरु प्रत्यक्षमा असजह भएकाले जिल्ला शिक्षा कार्यालय मार्फत शैक्षिक संस्था अनुगमन गरि तोकिएको दर भन्दा बढि शुल्क असुल गर्न रोक्न माग गरिएको छ । विद्यार्थीहरुले माग गरेका कुराको सरकारले वेवास्ता गरेकाले विभिन्न आन्दोलनको कार्यक्रम समेत तय गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागलुङका अध्यक्ष शेखर खडकाले बताए । जसअनुसार बेशाख १२ गते ज्ञापन पत्र बुझाउने, १३ गते चर्को शुल्क लिने निजी विद्यालयको लेखा तथा प्रशासन शाखा तालाबन्दी गरिने र १४ गते प्याव्सन तथा ऐनप्याव्सनको कार्यालय तालाबन्दी गरिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले बागलुङका शैक्षिक संस्थाहरुको तत्काल अनुगनम गरि तोकिएको भन्दा बढि शुल्क असुल गरिएको पाइएमा त्यस्ता संस्थालाई शिक्षा नियममावली अनुसार कारबाही गरिने बताएका थिए । कार्यक्रम अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागलुङका अध्यक्ष शेखर खडकका अध्यक्षता र अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका सचिव जीवन शर्माको संचालनमा सम्पन्न
भएको थियो ।