बागलुङ, १३ बैशाख – अर्जुन वाण गणको समुहले मानव सेवा आश्रम बागलुङमा मंगलबार खाद्य सामग्री वितरण गरेको छ । दैनिक जीवन उपभोग्य खाद्य बस्तु चामल, दाल, चिनी लगायतको खाद्य सामग्री वितरण गरिएको हो । मानव सेवाका लागि स्थापना गरिएको आश्रममा बस्नेहरुको जीवनमा सहज आउने भएकाले सामग्री वितरण गरिएको अर्जुन वाण गणले जनाएको छ । सोही अवसरमा आश्रमका बारेमा जानकारी गराउँदै सेभ द युथ बागलुङका अध्यक्ष मनिष रायमाझीले सड्कमा वस्ने, मागेर खाने, मानसिक सन्तुलन गुमाएका गरिब तथा अशक्त, बेसाहरा व्यक्तिहरुको संरक्षणका लागि बागलुङमा पनि आश्रम सञ्चालन गरिएकोे बताए । आश्रमका लागि विभिन्न संघ÷संस्थाले सहयोग गर्ने क्रम बढे संगै होटल पिस प्यालेस बागलुङले मंगलवार खाजा खुवाएको मानव आश्रम बागलुङले जानकारी दिएको छ ।
Previous Articleचर्को शुल्क विरुद्ध शिक्षामा ज्ञापन पत्र
Next Article १३ बैशाख २०७४, ढोरपाटन दैनिक