कृष्ण प्रसाद शर्मा
आजका मितिसम्म चुनाव हुन्छ कि हुन्न अझै निश्चित छैन । ठुला दलहरू उमेदवार छान्न व्यस्त छन्भने साना केही दलहरू चुनाव चिन्हका लागी सडक र अदालत साथसाथै केही पार्टी एकिकरणमा समेत । तीन प्रतिशतको थ्रेसहोल्ड आएपछि एक खेप १० दल मिलेरसँगै जाने घोषणा गरे । त्यसपछि भर्खर तराई केन्द्रित ६ दलले तिरङगा सहितको झण्डा मुनि रा.ज.पा अर्थात् राष्ट्रिय जनता पार्टि भएभने नयाँ शक्ति अब तराई मधेश लोकतान्त्रिक पार्टिसँग मिल्नका लागी एउटा टोली समेत गठन गरिसकेको छ ।
अब चुनावी तालमेलको कुरा गरौं । साना ६२ दलले चुनाव चिन्ह पाएका छैनन् । केही नयाँ खोलेका पार्टि साझा पार्टि समेत चुनावमा स्वतन्त्रबाट उठ्दैछन् । अहिले माओबादी सरकारको नेतृत्वमा छ उसले यो नौ महिना केही राम्रा काम पनि गरेकै छ । खास गरी उर्जा मन्त्रीको उज्यालो अभियानले गर्दा । त्यस्तै सरकारमा सहभागी रहेको काँग्रेसले पनि अरु खासै केही काम नगरे पनि स्वास्थमन्त्रीले अहिले स्वास्थ क्षेत्रमा गरेको उल्लेखनिय केही कामलाई देखाउनु नै काँग्रेसले भोट माग्ने हो । त्यो बाहेक एमालेले अगिल्लो सरकार हुँदा गरेका केही कामलाई देखाएर भोट माग्ने हुन । तर रा.प्र.पा को पछिल्लो कदम त्यही भित्रकालाई नै चित्त बुझेको छैन जसको परिणाम प्रकाशचन्द्र लोहनीले नयाँ पार्टि खोले भने भोट माग्ने आधार हिन्दु राष्ट्र र राजतन्त्र नै हो तर त्यो बाटो सजिलो छैन । समग्रमा हेर्दा हामीले एकल रुपमा जितिन्छ भन्ने कसैलाई छैन । अतः तालमेलको बहस चलेकै छ ।
चुनावमा तालमेल हुनु नराम्रो पक्कै होईन तर तालमेलको औचित्य भने पुष्टि गर्न जरूरी हुन्छ । माओबादीले चुनावमा जो–सँग मिलेर भएपनि अधिक मात्रामा स्थानिय पदहरू हात पार्नु पर्दछ भन्ने उद्घोष नै गरिसक्यो । एमाले र काँग्रेस पनि तालमेल जो सँग गरेपनि जित्नु पर्छ भन्नेमा देखिन्छन् तर यहाँ जो सँग पनि मिल्न खोज्नुले राजनीतिको सैद्धान्तिक धरातलको भने औचित्यहीन बनेको छ ।
नेपालका पार्टिहरूको एउटा खास चलन छ । कम्युनिष्टहरूले त तोकेरै भन्छन् तर काँग्रेस अर्थात प्रजातन्त्रबादीहरूले भित्रभित्र अर्थात गुट बीचमा छलफल गर्दछन् । त्यो हो “प्रमुख दुश्मन’’ । माओबादीले काँग्रेसलाई खास दुश्मन भन्थ्यो जनयुद्ध ताका भने एमालेले कुनै बेला काँग्रेसलाई । राप्रपाको गणतन्त्रबादीलाई भने गणतन्त्रबादीले राजाबादीलाई । नेपालका अधिकांश पार्टिहरू बादमा आधारीत छन्भने ति बादको व्याख्या एक अर्काको ठीक बिपरित पनि छन् जुन पार्टिहरूले अंगिकार गर्दै आएका छन् । जब चुनाव आउँछ पार्टिले अबलम्वन गरेका बादहरू एकाएक दुलामा छिर्छन । अनि केवल तात्कालिन पदमा मात्रै केन्द्रित हुन्छन् । हुन त हिजो टाउकाको मुल्य तोक्ने काँग्रेस र पाए सफाए गर्ने माओबादीको सरकार छ यो शान्ति प्रकृयामा आएपछि तिक्तता छैन भन्ने फरक कोणबाट बुझ्दा पनि हुन्छ । यो गलत नसोचौं ।
तर जुन पार्टि खुट्टाले टेकेर हिड्छ त्यो पार्टि टाउकाले टेकेर हिड्ने सँग चुनावकै लागी अझ पदकै लागी समीकरण ठीक होला ? जीवनभर बादको व्याख्या विश्लेषण गर्ने अन्तिममा अरुको पार्टिको चिन्हमा भोट हाल भनेर भन्दा कति मन दुख्छ होला । जनमत कति छ त्यो एकल रुपमा प्रस्तुत भए पो थाहा हुन्छ । यही तालमेलले गर्दा अहिले कुन ठाउँमा खास कति मान्छे कुन पार्टिमा छन् थाहा पनि छैन ! अहिले कतै काँग्रेस माओबादीसंग, कतै काँग्रेस र नयाँ शक्ति अनि कतै काँग्रेस र रा.प्र.पा को तालमेल छभने यहाँ चुनावका लागी प्रमुख दुश्मन एमाले बनेको छ । त्यस्तै माओबादीको कतै काँग्रेससँग गोर्खामा त नयाँ शक्ति सँग यस्तै–यस्तै । एमालेको रा.म.मो सँग कतै माओबादीसँग । यसको समग्र भनाई जो जहाँ जसरी मिलेर भएपनि आफ्नो अस्तित्व जोगाउ पार्टिको सिद्धान्त भोलीको बाटो खोलैमा जाओस् । पार्टिहरूले घोषणापत्र जारी गरेर स्थानिय रुपमा बिकास वा जनताको काममा टेवा पुग्ने केही हो भने मिल्नु आफ्नो ठाउँमा छ तर अस्तित्वको खाँतिर गलत मान्छेहरूलाई सत्तामा पुर्याउने कामले गर्दा भोलीको लागी पछुताव बाहेक केही हुँदैन ।
हामीले युवाको कुरा गरे पनि कहिलै युवालाई उठाउन सकेनौ । हालसम्म काँग्रेसले एक जना २५ बर्षिय युवालाई वडामा उमेदवार दिए बाहेक अरू केही भएको छैन । यस्तै खडेरी अरुमा यथावत छ । तालमेलका विभिन्न ब्राण्डमध्ये एक बामपन्थी तालमेल दोस्रो प्रजातान्त्रीक ब्राण्ड र तेस्रो, देशभक्त ब्राण्ड । खासमा यि तीनै ब्राण्डमा कुनैको पनि स्पष्ट खाका छैन । बेला मौकामा के.पीसँग बामतालमेल अझ उस्तै परे पार्टि नै एकिकरण गर्ने कुरा हुन्छ तर त्यो माया र घृणाको सम्बन्ध हो । बामतालमेल शब्दका हिसावले राम्रो भएपनि व्यवहारमा मेल खाने देखिन्न । अझ एमालेलाई ठुलो आरोप मात्र होईन वास्तविकता के हो भने जनयुद्ध हुँदा एमालेलेका कार्यकर्तालाई आक्रमण हुँदा प्रतिकार होईन बरु उल्टै आफ्नै पार्टिकालाई कार्वाही गरेको थियो अब आज माओबादीसँग एमालेको बामका नाममा तालमेल गर्ने बरु आफ्नै बैचारिक अडान लिने रा.ज.मो आफ्नो ठाउँमा ठीक छ । यसको मतलब माओबादी एमालेको दुश्मन होईन । माओबादीलाई पनि अफ्ठारोमा पारेका सँग बामका नाममा तालमेल गर्ने कि नगर्ने त्यो फरक कुरा हो । अहिले शक्ति प्रकृया आए पछि अब गर्दा होला तर ऐजेण्डा मिल्न पर्दैन ?
अर्को काँग्रेसले प्रजातान्त्रिकहरु जोड्न खोजे पनि खासमा उसँग प्रजातन्त्रको खोल बिहेक केही छैन । बि.पि को समाजबाद जपे पनि राष्ट्रियताका सवालमा निकै कमजोर भयो जुन नाकाबन्दी देखी हालसम्म कायम छ तर राष्ट्रिय मुद्धामा एक बनाउने कोशिश पछिल्लो समय छोड्यो त्यसैले काँग्रेसको प्रजातान्त्रिक धारामा मान्छेलाई समावेश गर्न गाह्रो छ । उसले प्रजातन्त्र भन्दा बढी पद र भागका आधारमा समिकरण खोज्दैछ ।
देशभक्त धार माओबादी कै थियो । यसमा पार्टि कुन भन्ने हुन्न देशको भलो चाहने एक हुने कुरा जुन पार्टि निर्मिणताका भने थियो तर अहिले छैन बरु सम्झाउन जरुरी छ । “जो सगँ पनि मिल्नु’’को औचित्य “देशको भलो’’ चाहनेसँग गरौ जुन राजाबादी समेत पर्दछन् । यो ब्राण्ड चुनावमा नचलेको स्थिति छ । एमालेले बामतालमेल होईन राष्ट्रियताका सवालमा बरु गोलबन्द गर्नुपथ्र्यो त्यहाँ काँग्रेस समेत केही र मसाल समेत समेटिन्थे जसमा माओबादीका नारायणकाजीलाई देखी मजदुर किसान समेत पथ्र्थो तर त्यो पहल भएको छैन ।
यहाँ समग्र भनाई के हो भने मित लगाउँदा अलिकति पनि केही मिल्दैन भने त्यो मीत प्रचार गरेर मात्रै थाहा हुन्छ देखेर बुझेर थाहा हुन्न । अनुहार मिल्नु पर्छ भन्ने होईन केही आनीबानी त पक्कै मिल्नु पर्यो नि । तालमेल सबैले गर्दा ठीकै छ तर तालमेल पछिको गोलमालले विकासका काम नरोकिउन यही कामना छ । जुन पार्टि अगी आए पनि हामीले विकास देख्न खोजेका छौ । तालमेलका नाममा माछा प्रेसर कुकुरमा नपकाऊ । बिकास गर्न सक्ने खाका मिले गरौ पार्टि र खास–खास मान्छे टिकाउन नगरौ । चुनाव होस् । बिकास होस् । सबै मिलौ काम गर्न मिलौ । बाँडीचुँडी खान नमिलौ !
Previous Articleसहयात्राद्वारा महिला र युवालाई सशक्तिकरण
Next Article बालअधिकारबारे तालिम सकियो