बागलुङ, ११ बैशाख – बडीगाड कृषि ब्यबसायिक सहकारी सँस्था ढोरपाटन नगरपालीका वडा नँ २ सिमलचौरमा बर्षा पम्प निर्माण सँगै सञ्चालनमा ल्याईएको छ । जिल्ला कृषि बिकास कार्यालय बागलुङको राष्ट्रिय पुनर्निर्माण कार्यक्रम अन्र्तगतको ९० प्रतिशत अनुदान तथा १० प्रतिशत बडीगाड कृषि ब्यबसायिक सहकारी सँस्थाको लगानी गरी कुल ५ लाख लागतमा १५ घरदुरी कृषकलाई लाभान्बित हुने गरी बिना ईन्धन र बिधुत बिनानै चल्ने गरी बर्षापम्प शनिबार एक कार्यक्रमका बिच सञ्चालनमा ल्याईएको हो । पानीको बहाबद्धारा नदी किनारदेखि १६ मिटर माथिको उचाईसम्म पानी सिधा रुपले पु¥याई आयोजना सञ्चालनमा ल्याईएको बर्षापम्प आयोजनाका ओभर सियर सर्वज्ञ प्रधानले बताए । आयोजनाबाट प्रतिघण्टा ९ सय लीटर पानी तान्न सफल भएको उनले बताए । उतm आयोजना सञ्चालनमा ल्याईएसँगै अब बाह्रै महिना स्थानीयले लगानी बिना सिँचाई गर्न पाउने भएका बडीगाड कृषि ब्यबसायिक सहकारी सँस्थाका अध्यक्ष दिलबहादुर कुमालले बताए । गत २०७३ जेष्ठ महिनामा करीब ६५ लाखमा बिधुतबाट सञ्चालमा आउने पम्पिङ आयोजना सञ्चालनमा ल्याईएपनि गत बर्षातमा आएको बाढीका कारण बिधुत आयोजना बगाईदिएको र बिधुतको आपुर्ति नहुँदा उतm आयोजना हालसम्म अबरुद्ध रहँदै आएको उनले बताए । हाल निसी खोला दोभान लघुजलबिधुत आयोजना पुनर्निर्माणको कार्य भईरहेका कारण बिधुत सञ्चालन सँगै उतm पम्पिङ आयोजना समेत सञ्चालनमा आउने भएको उनले जानकारी दिए । उतm स्थानमा ६५ घरदुरी कृषकहरुले सिँचाई सुबिधा सँगै कृषि ब्यबसायलाई मुख्य पेशा बनाएर अगाडि बढेका छन् । स्मरणिय छ बर्षा पम्प पानीको बहाब १ मिटर प्रतिसेकेन्ड गती र प्रतिसेकेन्ड पानीको मात्रा ३ सय लिटर भएको स्थानमा उतm बर्षा पम्प जडान गर्न सकिने प्राबिधिक राजकुमार श्रेष्ठले बताए । हाल बाग्लुङ जिल्लामा हटिया, हरीचौर र बडीगाड सहकारीमा गरी तिन वटा आयोजना सञ्चालनमा आईसकेको बताईएको छ ।
Previous Articleबजेट लगत्तै सरकार परिवर्तनः शर्मा
Next Article विपदमा उद्वार गर्न टिम बनाईने