बागलुङ, ९ बैशाख – बागलुङ उद्योग बाणिज्य संघ बागलुङले नेपाल उद्योग बाणिज्य महासंघको ५१ औ साधारणसभाबाट निर्बाचित धवलागिरिका तीन जना केन्द्रीय सदस्यलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भयो । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष प्रमोद कुमार श्रेष्ठ, चन्द्र ढकाल र प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा निर्र्वािचत निर्माण कुमार श्रेष्ठलाई नेपाल उद्योग बाणिज्य महासंघमा निर्वाचित भएर धौलागिरी क्षेत्रको इज्जत राख्ने काम गरेको भन्दै सम्मान तथा बधाई दिएको बागलुङ उद्योग बाणिज्य संघले जनाएको छ । नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय उपाध्यक्ष प्रमोद कुमार श्रेष्ठले नेपाल उद्योग बाणिज्य महासंघ र सरकार मिलेर उद्योग ब्यबसाय प्रबर्द्धन गरेर गए राम्रो हुने धारणा ब्यक्त गरे । कार्यक्रममा सांसद प्रकाश पौडेल, सांसद नरबहादुर थापा, नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकाल, बागलुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुबास कुमार लामिछाने, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका निर्बतमान अध्यक्ष बसन्त कुमार श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जीवन कुमार बिक, पर्बत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम लामिछाने, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष महिला उद्यमिका अध्यक्ष भगवती केसी लगायतका बक्ताहरूले मन्तब्य ब्यक्त गरेका थिए । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता संचालन महासचिव दयाराम पौडेलले गरेका थिए । बागलुङ नगरपालिकाकामा सरूवा भएर आएका कार्यकारी प्रमुख सुबास कुमार लामिछानेलाई संघले स्वागत तथा सम्मान गरेको थियोे ।
Previous Articleपत्रकार महासंघ मुस्ताङमा थकाली सर्वसम्मत निर्वाचित
Next Article चौतारीको अभियान : एक स्थानिय तह एक पत्रकार