जोमसोम, ८ वैशाख-नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा मुस्ताङको प्रथम जिल्ला अधिवेशन सर्वसम्म्त नेतृत्व चयन गर्दै विहिवार समपन्न भएको छ । अधिवेशनको उदघाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल संयोजक हरिनारायण गौतमले नागरिकको जान्न पाउने अधिकारलाई स्थापित गर्न मुस्ताङका पत्रकारहरुले विशेष ध्यान दिनुपर्ने वताए । सञ्चार सामाग्रीको खानी रहेको मुस्ताङमा अहिले पनि पत्रकारहरु सेल्फ सेन्सरसीपमा रहनु दुःखद भन्दै केन्द्रिय सदस्य गौतमले पेशागत सुरक्षा र ब्यवसायिक एकताका लागि महासंघलाई वलियो वनाउनुपर्ने वताए ।
पत्रकार महासंघले सामाजिक सुरक्षा र पेशागत अधिकारका लागि थुप्रै काम गरेको वताउदै कार्यक्रमका प्रमुख अतिथि गौतमले स्वास्थ्य विमा, न्यूनतम पारिश्रमिक, जेष्ठ पत्रकार सम्मानवृति, उपचारमा छुट, पत्रकार सन्तानवृति लगायतका कार्यक्रम अगाडि बढेको वताए । अहिले पमहासंघ पेशागत सुरुक्षा, ब्यवसायिक एकता, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता र श्रम अधिकारका लागि लडाई लडीरहेको वताउदै गौतमले महासंघलाई सवैको साझा र क्रियाशल संस्था बनाउनुपर्नेमा जोड दिए ।
तदर्थ समितिका संयोजक भीम वहादुर रसाईलीको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा प्रेस यूनियनका तृष्णा गौचन, प्रेस चौतारीका सुनदेवी रसाईलीले शुभकामना मन्तब्य ब्यक्त गर्दै महासंघलाई क्रियाशिल बनाउनु पर्ने वताए । कार्यक्रममा स्वागत तदर्थ समितिका सदस्य आईतेलाल थकालीले र सञ्चालन सदस्य तिलक विकले गरेका थिए ।
अधिवेशनको वन्द शत्रले महासंघ जिल्ला शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ । शाखाको उपाध्यक्षमा सम्झना थकाली, महिला उपाध्यक्षमा तृष्णा गौचन, सचिवमा दुर्गादेवी रसाइली, सहसचिवमा विकास विक, समावेशी सहसचिवमा फुलकुमारी नेपाली र कोषाध्यक्षमा निरज थकालीलाई सर्वसम्मत रुपमा चयन गरेको छ । शाखाको सदस्यहरुमा रमेश बिक, केशब बिक, हिक्मत नेपाली र कृष्णमोहन नेपाली चयन भएका छन् ।
अधिवेशनले प्रदेश सभासदमा चन्द्रेश्वर बस्ताकोटी, टिकाराम शर्मा, सिवानी सिंह बिक, शर्मिला गुरुङ, पेमा छेतेन बिक र रिङजीङ नाम्गेल गुरुङ चयन गरेको सचिव दुर्गादेवी रसाईलीले वताइन । अधिवेशनले केन्द्रीय सभासदमा भीम बहादुर रसाईली, तिलक बिक, आईतलाल थकाली र सुनदेवी रसाईलीलाई चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष थकालीलाई तदर्थ समितिका संयोजक भीमवहादुर रसाईलीले मान्युट हस्त्तान्तरण गर्दै महासंघलाई बलियो युवाहरुको टीम सफल हुने विश्वास ब्यक्त गरे भने निर्वाचित अध्यक्ष सुन्दर कुमार थकालीले पत्रकारको साझा संस्था महासंघलाई आफ्नो कार्यकालमा बलियो वनाउने र पत्रकारको पेशागत सुरक्षा र स्थानीय सञ्चार माध्यमलाई सक्षम बनाउन लागिपर्ने प्रतिवद्धता जनाए ।
पत्रकार महासंघ मुस्ताङमा थकाली सर्वसम्मत निर्वाचित
Previous Article२०७४ बैशाख ८ गते शुक्रबारको राशिफल
Next Article उद्योग बाणिज्य संघको बधाई