बागलुङ, ९ बैशाख – प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले चुनाव लक्षित ‘एक स्थानीय तह एक पत्रकार’ खटाउने निर्णय गरेको छ । जिल्लामा हुने स्थानीय निर्वाचन सम्बन्धीत गतिविधिलाई व्यवस्थित र संगठित रुपमा प्रकासन र प्रसारण गर्ने उद्देश्यले नेकपा एमाले प्रचार विभाग प्रमुख धनबहादुर परियारको अध्यक्षतामा बसेको बैठकले पत्रकार खटाउने निर्णय गरेको हो । बैठकले बागलुङ नगरपालिकामा रविना बोहरा, गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकामा बालकृष्ण सुवेदी, बूर्तिवाङ्ग नगरपालिका र तमान गाउँपालिकामा डम्मर बुढा, जैमुनी नगरपालिकामा विक्रम सुनार, बरेङ्ग गाउँपालिकामा खेमराज गौतम ‘सुवास’ र निसीखोला गाउँपालिकामा हिरामोती घर्ती मगरलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । बैठकले जिल्लामा सूचना डेक्स स्थापना गरी समग्र जिल्लाको सूचना व्यवस्थापनकोे लागि प्रेस चौतारीका उपाध्यक्ष नवीन शिशिरलाई जिम्मेवारी निर्णय गरेको बताइएको छ ।
Previous Articleउद्योग बाणिज्य संघको बधाई
Next Article स्थानीय तह, तालमेल र महिला नेतृत्व