बागलुङ, ७ बैशाख – रामरेखा आधारभुत बिद्यालयका बिद्यार्थीलाई जुत्ता, कापी कलम एवं खाजा बितरण गरिएको छ ।
बागलुङ समाज कल्याण केन्द्र महिला समुह काठमाण्डौले एक कार्यक्रमका बिच बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई सामाग्री बितरण गरेको छ । निम्न, विपन्न, एवं दलित बर्गका एक सय जना अध्ययन गर्दै आएको बिद्यार्थीलाई प्रदान गरिएको छ ।
काठमाण्डौ बिद्यालयमा एवर बर्ग सामाग्री बितरण कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले बिभिन्न निकायबाट प्रदान गर्ने सामाग्रीले बालबालिको शिक्षामा थप टेवा पुग्ने बताए । उनले असाहय,विपन्न एवं दलित केही बालबालिकाहरु अझैपनि बिद्यालय पुग्न नसकेको हुदा बिभिन्न माध्यमबाट अध्ययन प्रति आर्कषण गराउन आ आफनो तर्फबाट भुमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा बिद्यालयका प्रअ धनकुमारी पराजुली, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसी, रोटरी क्वल अफ बागलुङका अध्यक्ष नेत्रलाल न्यूरे, नेपाल पत्रकार महासघंका निवर्तमान अध्यक्ष मुकेशराज भण्डारी, बागलुङ समाज कल्याण केन्द्र महिला समुह सचिव बिजयाराज भण्डारी, केन्द्रका पुर्वसचिव किरणमाया श्रेष्ठ लगाएले बोलेका थिए । बागलुङ समाज कल्याण केन्द्र महिला समुह काठमाण्डौका अध्यक्ष सोभा शाक्यको अध्यक्षता, बिद्यालयका शिक्षक रेशम गोतामेको स्वागत र मणिभद्र न्यूरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । ६० जना महिलाहरु आवद्ध बागलुङ समाज कल्याण केन्द्र महिला समुहले कोष स्थापना गरि प्रत्येक बर्ष बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
समाजमा केही गर्नुपर्छ भन्ने उदेश्यका साथ महिलाहरु संगठित भई काम गर्दै आएको अध्यक्ष शोभा शाक्यले बताइन् । ५० हजार रुपैयाँका जुत्ता,४ हजार मुजा र ४ हजार रुपैयाँ बरावरको कापी कलम प्रदान गरिएको शाक्यले बताइन् । नयाँ शैक्षिक सत्र भएसगै बिद्यार्थीहरुलाई अध्ययनप्रति आर्कषण गराउन बिभिन्न क्षेत्रको सहयोगबाट पोसाक लगाएका सामाग्री प्रदान गर्दै आएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसीले बताए ।
माझीबस्ती सझै रहेको बिद्यालयमा अध्ययनको लागि बिपन्न, दलित माझी एवं मजदुरी गरि जिविको पार्जन गर्दै आएकाका छोराछोरी अध्ययन गर्दै आएको बिद्यालयले जनाएको छ ।
Previous Articleपार्टी एकता गर्न मधेसी मोर्चाका पाँच दल सहमत
Next Article म्याग्दीमा दुई व्यवसायको अनुगमन