काठमाडौं, ५ चैत-जापानको गोल्डेन वीकको अवसरमा नेपाली कलाकारले ‘साकुरा नाइट-२’ गर्ने भएका छन् । मे ३ देखि ७ सम्मलाई जापानी नागरिकले जापानमा गोल्डेन वीक मनाउने गरेका छन् ।जापानमा साकुरा फुल्ने सिजन भएकाले पनि जापानी नागरिकले यो यामलाई विषेश उल्लास पूर्वक मनाउने गर्छन् । यो सिजनमा जापानीहरुको एकदिन भएपनि साकुराको फेदमा बसेर खाना खाने चलन हुन्छ ।
आयोजक संस्था गृष्मा इन्टरटेनमेन्टका निर्देशक गृहेन्द्र घिमिरेले यही सिजनमा अघिल्लो वर्ष पनि कार्यक्रम गरेको जानकारी दिदै भने ‘यसपाली पनि गोल्डेन वीककै अवसरमा कार्यक्रम गर्दै छौं ।’ कार्यक्रममा गायक प्रमोद खरेल र नलिना चित्रकारले दर्शकलाई नचाउने छन् ।अघिल्लो वर्ष आयोजित कार्यक्रममा रामकृष्ण ढकाल र मिलन अमात्यले गीत प्रस्तुत गरेका थिए भने जितु नेपालले हाास्य प्रस्तुति दिएका थिए । जापानको टोक्यो, ओशाका, नागोया र फुकुओमामा कार्यक्रम हुने भएको छ । यो कार्यक्रम जापानको राजधानी टोकियोको साथै नागोया, ओशाका, फुकुओकामा आयोजना हुनेछ ।