बागलुङ, ५ चैत-नेकपा एमाले ढोरपाटन नगरपालिका संगठन कमिटिको बैठक सोमबार सम्पन्न भएको छ । बैठकले नगरपालिका विभिन्न वडामा चुनाव प्रचार–प्रसार समिति गठन गरेको छ । नगर संगठन कमिटिका संयोजक लक्ष्मण पुनको अध्यक्षतामा बसेको बैठकले ज्ञान प्रसाद कँडेलको संयोजकत्वमा १ सय १ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको बताइएको छ । यसैबीच वडा नं. २ मा नरिश्वर कँडेललाई प्रचार समितिको संयोजक तोकिएको छ । वडा नं. ३ मा लिलाजंग छन्त्याल, वडा नं. ४ मा यमकान्त गैरे, वडा नं. ५ मा शिवराज कँडेल वडा नं. ६ मा प्रेम घर्ति, वडा नं. ७ मा थम प्रकास भण्डारी, वडा नं. ८ मा भकारे विश्वकर्मा र वडा नं. ९ मा मनबहादुर घर्तिलाई जिम्मेवारी दिइएको बताइएको छ । यस्तै निर्वाचनलाई लक्षित गरि विरबहादुर विश्वकर्माको संयोजकत्वमा १ सय १ सदस्यीय युवा परिचालन कमिटि पनि गठन गरिएको बताइएको छ । चिन्तामणी कँडेलको संयोजकत्वमा आर्थिक कमिटि गठन गरिएको बताइएको छ । बैठकको सञ्चालन नगर संगठन समितिका सचिव ज्ञान प्रसाद कँडेलले गरेका थिए ।