बागलुङ, ५ चैत-सांसद रत्ना शेरचनले महिलालाई राज्यको निर्णायक तहसम्म पु¥याउन स्थानीय तहमै नेतृत्व दिनुपर्ने बताएकी छिन् । कुण्ठित समाजलाई रुपान्तरित गर्नका लागि एकल महिलाले सशक्त कदम चालेको भन्दै राज्यको स्रोत साधनमाथि पछाडी पारिएका महिलाहरुको पनि पहुँच पु¥याउनु पर्नेमा उनले जोड दिइन् । मानव अधिकारका लागि महिला एकल महिला समुद्धारा संचालित एकल महिला सम्मान तथा क्षमता अभिवृद्धि कार्यक्रममा यस्तो बताएकी हुन् । सोही अवसरमा सांसद प्रकाश शर्मा पौडेलले महिलाहरूको हक तथा अधिकारको सुरक्षा र प्रवर्दनको लागि राज्यले अधिकारमा आधरित विकास अवधारणाको अवल्म्बन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकास कार्यक्रमहरू संचालन ल्याएकाले महिला एकजुट भएर लाग्नुपर्ने बताए । त्यस्तै सांसद चम्पादेवि खडकाले राज्यले महिलाको लागि ल्याएको निती महत्वपुर्ण भएकाले हरेक क्षेत्रमा महिलाहरूलाई सहभागिता गराई उनीहरुमा भएको सीप र क्षमताका विकास गरि स्थानीय तहको निर्वाचनमा महिला सहभागितालाई जोडदिनुपर्ने बताइन् । कार्यक्रममा बागलुङका ५० जना एकल महिलाहरुलाई रातो खास्टो र रातो टिकाले सम्मान गरिएको मानव अधिकारको एकल महिला समुह बागलुङकी अध्यक्ष खडक कुमारी खड्काले जानकारी दिइन् ।