बागलुङ, ५ चैत-नेकपा माओबादी केन्द्र काठेखोला गाउंपालिका वडा नम्वर ५ र ६ मा सोमबार बेग्लाबेग्लै वार्ड भेला सम्पन्न गरिएको छ । भेलाले आगामी ३१ गते हुन गैरहेको स्थानिय निर्वाचनका लागि उम्मेद्वार छनोट गरेको छ । वडा नम्वर ६ मा अध्यक्षको उम्मेद्वारका लागि नन्दलाल बिकलाई सर्वसम्मत सिफारिस गरिएको छ । त्यसैगरी समितिका सदस्यहरुमा दिलबहादुर बिक, धनपति न्युरे, चक्रपाणि कंडेल, मैनादेबी कंडेल र हरिकला बिकलाई सिफारिस गरिएको बैठकमा सहभागि चिरञ्जीबी कंडेलले जानकारी दिए । त्यसैगरी नेकपा माओबादी केन्द्र वडा नम्वर ५ मा सम्पन्न बैठकले लिलाधर कंडेललाई सर्वसम्मत अध्यक्षको उम्मेद्वारका सिफारिस गरिएको छ । त्यसैगरी समितिका सदस्यहरुमा मन बहादुर सुनार, उमाकान्त कंडेल, दण्डपानि कंडेल गिता बिक र लक्ष्मी कंडेल लाई सिफारिस गरिएको नेकपा माओबादी केन्द्र काठेखोला गाउँपालिकाले जनाएको छ ।