बागलुङ, ५ चैत-सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले सञ्चालन गरेको नयाँ बुहारी स्वागतअन्तर्गत सोमवार बागलुङ नगरपालिका वडा नं. ३ टारीस्थित संस्थाका सह–सचिव वेदप्रसाद शर्मा तथा शेयर सदस्य हरिकुमारी शर्माका कान्छा सुपुत्र एवम् शेयर सदस्यहरु दिपक शर्मा र दिनेश शर्माको भाई शेयर सदस्य दिलीप पौडेलको पर्वत जिल्ला कुश्मा नगरपालीका वडा नं. २ नीवासी प्रभा रेग्मीसंग भएको बैवाहिक कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले पौडेलको घरमै पुगेर नयाँ बुहारी रेग्मीलाई टिका, खादा र बधाई तथा शुभकामना पत्र सहित स्वागत गरी संस्थाको शेयर सदस्य समेत प्रदान गरेको छ । सोही अवसरमा नवविवाहित जोडीलाई बधाई तथा शुभकामना पत्र प्रदान गर्दै डिभिजन सहकारी कार्यालय बागलुङका सहकारी अधिकृत विष्णुप्रसाद शर्माले सदस्य बन्नु मात्र ठुलो कुरा नभएको बताउदै कुनै पनी सहकारी संस्थाको सदस्यता लिईसकेपछि सदस्यले निरन्तर त्यही संस्थामा कारोवार गर्नुपर्ने धारण व्यक्त गरेका थिए । संस्थाले जीवन आवास तथा सामाजिक सुरक्षा कोषको स्थापना गरी सोही कोषमार्फत सदस्यको घरमा हुने जन्मदेखि मृत्यूसम्मका सबै सुख दुःखमा साथ र सहयोग गर्ने गरेको छ । महिला दिदीवहिनीहरुको सम्पती माथिको पहुँच वृद्धि र भविष्यमा संस्थामा बुहारी शेयर सदस्यहरुको एउटा छुट्टै सिस्र्टस क्लव गठन गर्ने परिकल्पनाका साथ यो सेवा सुरुवात गरिएको अध्यक्ष पौडेलले जानकारी दिएका थिए । कार्यक्रम संस्थाका ऐक्सेस कार्यदल सदस्य सीता शर्माले सञ्चालन गरेकी थिईन ।
Previous Articleलन्डनमा एसिड आक्रमणबाट बाह्र जना घाइते
Next Article केन्द्रको वडा भेला सकियो