बागलुङ, ४ वैशाख-राष्ट्रिय जनमोर्चाको चुनाब केन्द्रित राष्ट्रिय प्रचारात्मक अभियान अन्तरगतको कार्यक्रम बागलुङ ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा सम्पन्न भएको छ । पार्टीले ढोरपाटन नगरपालिकाको लागि तय गरेको नगर प्रमुखका उम्मेद्वार गौरिश्वर पाण्डे र उपप्रमुखका उम्मेद्वार दुर्गादेबि घर्ती र केन्द्रिय टोलीको उपस्थितीमा सांस्कृतिक प्रश्तुति सहित बुर्तिबाङ बसपार्कमा कार्यक्रम भएको हो । बैसाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेद्वार घोषणा गरि नगरप्रमुख र उपप्रमुखका उम्मेद्वार सहितको पश्चिम बागलुङमै पहिलो कार्यक्रम जनमोर्चाले गरेको हो । ‘प्रजातान्त्रिक बिकेन्द्रियता, संबिधानको कार्यान्वय र स्थानिय विकासका लागि राष्ट्रिय जनमोर्चालाई मतदान’ भन्ने नाराका साथ गरिएको कार्यक्रममा अभियानका गण्डकी–धौलागिरी संयोजक तथा सांसद मिना पुनले संविधान संसोधन राष्ट्रको आबश्यकता नभएर विदेशीको स्वार्थ पुर्तिका लागि ल्याईएको भन्दै तत्काल सदनबाट फिर्ता लिन माग गरिन । उनले संयुक्त मधेसी मोर्चाले उठाएका माग पुरा गरे मुलुक बिखण्डन हुने तर्क तर्क गर्दै त्यसले मधेसका जनताको पनि हित नगर्ने दाबी गरिन् । संसद पुनले राष्ट्रियताको रक्षा गर्दै मुलुकमा सुसाशन कायम गर्दै विकासको गतिमा अघि बढ्न आफ्नो पार्टिका उम्मेद्वारलाई मतदान गर्न आग्रह गरिन् । राष्ट्रिय जनमोर्चाका तर्फबाट ढोरपाटन नगरपालिकाको मेयरका उम्मेद्वार गौरीश्वर पाण्डेले निस्वार्थ भएर स्थानिय विकासको गतिलाई अघि बढाउने स्वच्छ मनसायका साथ जनताको सेवा गर्न आफु प्रतिबद्ध रहेको भन्दै त्यसको लागि आफ्नो पार्टीको चुनाब चिह्नमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा नेकपा मसालका प्रबक्ता बिमल शर्मा, अखिल नेपाल ट्रेडयुनियन महासंघका अध्यक्ष नारायण सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका सचिव धर्म कुँवर र पार्टीको तर्फबाट ढोरपाटन नगरपालिकाको उपप्रमुखका उम्मेद्वार दुर्गादेबि घर्तीले आफ्नो पार्टीले मुलुकको राष्ट्रियता र स्वाधिनताको पक्षमा सँधै लडेको भन्दै देश बचाउन आफ्नो पार्टिलाई जिताउन अपिल गरेका थिए । सो अबसरमा राक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गित र नृत्य प्रस्तुत थिए । कार्यक्रम ढोरपाटन नगरपालिका स्तरिय निर्वाचन परिचालन समितिका संयोजक धनबहादुर अदैको अध्यक्षता, विद्यार्थी नेता शिवलाल चालिसेको स्वागत र अखिल छैठौँका केन्द्रिय महासचिव भिमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleनिमित्तका भरमा चल्दैछन् १५९ स्थानीय तह
Next Article गलकोट नपामा एमाले उम्मेदवार यस्ता छन्