युनिश गुरुङ
वरिपरि देखिने मनोरम हिम–श्रृंखला। बनजंगलको हरियाली। तल खोँचमा सुसाउँदै गरेका खोलानाला। गुजुमुज्ज तर चिटिक्क परेको गामबस्ती। पर्वतको चित्रे पुग्दै गर्दा या पुगेपछि पर्यटकका रुपमा तपाईँलाई यहाँको वातावरणले मोहित बनाउँछ।
पोखराबाट पर्यटहरु चित्रे पुग्न पर्वतको डिमुवासम्म पक्की सडक र त्यसपछि कच्ची बाटो पक्डन सक्छन्। पदयात्रा गर्न चाहनेहरुलाई पनि यो ‘रुट’ सहज छ। उकाली–ओराली त पहाडको विशेषता नै भयो। चित्रे पुग्नेहरु खोलापारी गाउँबाट पैदल यात्रा गर्दै, प्रकृतीको सौन्दर्यसँग रमाउँदै पञ्चासे डाँडा पनि पुग्छन्। किन कि पञ्चासेबाट हिमाल अझै नजिक देखिन्छ। अन्नपूर्ण, माछापुच्छ्रे र धवलागिरी हेर्दा मन नै मैनवत्ती बन्छ।
स्याङ्जा र कास्कीबाट पञ्चासे डाँडा पुग्ने पर्यटकको संख्या भन्दा पर्वतबाट पञ्चासे पुग्ने पर्यटकको संख्या न्यून रहेको स्थानीयवासी बताउँछन्। खोलापारीको गुरुङ वस्तीमा अहिले होमस्टेहरु सञ्चालनमा आएकाले पर्यटकलाई ढुक्कै भएको छ। आरामले घुम, खाउ–पिऊ र रमाइलो गर। चित्रे आएर यहाँको सौन्दर्यमा लठ्ठै परेर त होला, हामी दशैंका बेला त्यहाँ पुग्दा एउटा होमस्टेमा राखिएको ‘गेस्ट बुक’मा लेखिएको थियो-
चित्रै रन–बन हिमालसँगै हाँस्छ मेरो मन।
चित्रे रन-बन, हिमालसँगै हाँस्छ मेरो मन (फोटो फिचर)
Previous Articleराष्ट्रपति भण्डारी भारत जाँदा दुई दिन सार्वजनिक बिदा
Next Article निमित्तका भरमा चल्दैछन् १५९ स्थानीय तह