काठमाडौं, ३ बैशाख – सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जाँदा दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको भारत भ्रमण अनुमोदन गर्दै भारत जाने दिन सोमबार र स्वदेश फर्किने दिन शुक्रबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमण विशेष भएको भन्दै आउने र जाने दिनका लागि सार्वजनिक बिदा दिएको विज्ञानमन्त्री प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको तालिका समेत स्वीकृत गरेको छ ।
राष्ट्रपति भण्डारी भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा छिमेकी मुलुक भारतको पहिलो पटक भ्रमणमा जान लाग्नु भएको हो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुहुने छ ।
राष्ट्रपतिले अन्य भारतीय उच्च अधिकारीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार भारत जान लाग्नुभएको हो ।
राष्ट्रपति भण्डारी भारत जाँदा दुई दिन सार्वजनिक बिदा
Previous Articleगाउँ विकासका लागि करोड सहयोग
Next Article चित्रे रन-बन, हिमालसँगै हाँस्छ मेरो मन (फोटो फिचर)