बागलुङ, ३ बैशाख – गाउँका सबै युवा रोजगारीका लागि जापान गएपनि गाउँको विकासमा सहयोग गरेका छन् । बिहुँकोटबाट जापान गएका युवाहरुले संकलन गरेको एक करोड रुपैयाँ गाउँको विकासमा लगाएका हुन् । शिक्षा, स्वास्थ्य र बिपतका लागि उनीहरुले सहयोग गरेका हुन् । अक्षयकोष स्थापना गरेर उनीहरुले सामािजक कार्यमा सघाउने निर्णय गरेको बिहुँकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदलिे बताए । बैसाख १ र २ गते संचालन भएको जापान समाज बिहुँकोटको प्रथम अभिवेशनमा यो कोष सार्वजनिक गरिएको हो । एक करोडको चेक बिहुँकोट समाजका तर्फबाट जापान समाज बिहुँकोटलाई हस्तान्तरण गरिएको हो । रोजगारीको शिलशिलामा जापान पुगेका विहुवासीले चन्दा शंकलन गरी सो रकम जम्मा गरेका हुन । एक दशक अघि जापान छिरेका युवाहरुले लामो समयको कसरतपछि गाउँकै विकासमा लगानी गर्ने योजना बनाएको बताएका छन् । बिहुँकोटबाट मात्रै जापानमा झण्डै २ हजार युवा रोजगारीका लागि गएका छन् । यो कोषबाट उनीहरुले गुणस्तरीय शिक्षा, निशुल्क स्वास्थ्य सेवा र भैपरी आउने कामका लागि खर्चने बताए । यो कोषलाई बढाएर ५ करोड पु¥याउने युवाहरुले चाहना राखेका छन् । अक्षकोषले शिक्षाको गुणस्तर र स्वास्थ्यसेवामा पहुँच बढ्ने जापान समाज बिहुूकोटका सचिव भिष्म कंडेलले बताए । स्थानीय विद्यालय खोल्न, सडक, खानेपानी लगायतका विकास निर्माणमा पनि बिहुँकोट समाज मार्फत सहयोग आइरहेको छ । कर्लिम समाज जापानको रुपमा स्थापना भएर समग्र विहुँलाई समावेश गर्न यो संस्थाको रुप बनाइएको उनीहरुले बताएका छन् । यो संस्था बनेपछि बिहुँ बाहेक आसपासका जापानमा बस्नेले पनि आजिवन सदस्यता लिएर गाउँको विकासमा लगानी गरेका छन् । आगामी दिनमा गाउँमै रोजगारीका अवसर खोल्नका लागि पनि लगानी गर्ने उनीहरुको सोचाई छ । घरेलु उद्योग, कृषि र पर्यटनबाट समृद्धिको बाटो खोज्ने गरी लगानी गर्ने चाहना भएको बिहुँकोट समाज जापानका अध्यक्ष देवीलाल कंडेलले बताए । अक्षकोष हस्तान्तरण कार्यक्रममा प्रजिअ भागिरथ पाण्डेले बिदेशमा बसेर काम गरेपनि स्वदेशकै लागि लगानी गर्ने चाहनाबाट राष्ट्रियता संरक्षण हुने बताए । उक्त कार्यक्रममा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्र, पुर्व सांसद गोविन्दप्रसाद शर्मा कंडेल, टंकप्रसाद कडेल मणिभद्र कडेल,जगदिशचन्द्र उपाध्याय लगायतले बोलेका थिए । साथै अक्षयकोषका संयोजक ऋषिराम कडेल,जापान समाज विहुकोटका सदस्य चिरञ्जीवि कडेल ,ज्ञानकुमारी श्रीष शर्मा,जापान समाज विहुकोटका उपाध्यक्ष डिल्लीप्रसाद कडेल,आजिवन सदस्य नारायणदत्त कडेल, विहुकोट समाज जापानका उपाध्यक्ष गोविन्द प्रसाद कडेल, संरक्षक दिपक सुवेदी सहसंरक्षक लिलाधर कडेल,दिपक कडेल लगाएतले पनि अक्षयकोषलाई सदुपयोग गर्न सुझाएका थिए । जापान समाज विहुकोटका अध्यक्ष गैरीशंकर शर्मा सुवेदी र विहुकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदी, जापान समाज विहुकोटका सचिव भिष्म कडेल र विहुकोट समाज जापानका सचिव असोक शर्मा गोपालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थियो । जापान समाज विहुकोटका कोषाध्यक्ष नारायण कडेल राजु र विहुकोट समाज जापानका कोषाध्यक्ष दिपक कडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जापान समाज विहुकोटका उपाध्यक्ष यमलाल कडेलले स्वागतमा सम्पन्न कार्यक्रम जापान समाज विहुकोटका सहसचिव सुदर्शन कडेलले संचालन गरेका थिए ।
Previous Articleगुराँस उत्सव सकियो
Next Article राष्ट्रपति भण्डारी भारत जाँदा दुई दिन सार्वजनिक बिदा