बागलुङ, ३ बैशाख – नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसीले संविधानको कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन आवश्यक रहेको बताएकी छिन् । नेकपा एमाले बागलुङ नगरपालिका–४ को वार्ड संगठन कमिटिको शनिवार सम्पन्न महिला भेलामा बोल्दै केसीले यस्तो बताएकी हुन् । संविधानले महिला, दलित, जनजाती लगायत पिछडिएका वर्गको हक अधिकार सुनिश्चित गरेकाले ति अधिकारको संस्थागत विकासका लागि स्थानीय तहमा निर्वाचनमा एकजुट भएर लाग्न उनले आग्रह गरिन् । संविधानले स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत महिला सहभागिताको ग्यारेण्टी गरेको छ, महिलाको सहभागितासंगै सबै क्षेत्रको प्रतिनिधित्वका लागि सबैका बीच समन्वय आवश्यक रहेको उनले बताइन् । उनले अवसर पाए महिलाहरुले पनि नेतृत्व गरेर अगाडी बढ्न सक्ने भन्दै अबको नेतृत्व महिलाले गर्नुपर्ने भनाई राखिन् । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य भरत पुरी, अनेमसंघ प्रदेश नम्बर ४ का संदस्य भिमकुमारी आचार्य, नेकपा एमाले लेखा परिक्षण समितिका अध्यक्ष बाबुराज कार्की, जिल्ला कमिटि सदस्य मोहम्मद हुसेन, प्रदेश नम्बर ४ का आर्थिक तथा योजना विभाग सदस्य धुव्रबहादुर केसी, नगर कमिटि सदस्य पवित्रा थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेलाले रुद्रावती उपाध्यायको अध्यक्षतामा अखिल नेपाल महिला संग वार्ड कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा पवित्रा आचार्य, सचिवमा सोविता केसी, सहसचिवमा शोभा शर्मा, कोषाध्यक्षमा रिता थापा चयन भएकी छिन् । यस्तै सदस्यहरुमा राधा शर्मा, पुष्पा गौतम, ज्ञानु विष्ट, पवित्रा केसी, कोपिला सापकोटा, रञ्जु सुवेदी, सुविना थापा, निर्मला केसी, बिष्णु कार्की, सवनम वेगम, अञ्जु विश्वकर्मा रहेकी छिन् । यस्तै गोमा श्रीपाली, गीता नेपाली, पार्र्वती पुन, प्रतिमा केसी बोहोरा, उदिमाया पुन, सोरजाइ आतुन, सरस्वी केसी पनि सदस्यमा चयन भएकी छिन् । भेलाले अबको स्थानीय निकायको निर्वाचनमा वाड कमिटिमा खुल्ला महिलातर्फ कोपिला सापकोटा र दलित महिलामा गोमा विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कार्यक्रम नेकपा एमाले वाड संगठन कमिटि वडा नम्बर ४ का संयोजक टिकाराम आचार्यको अध्यक्षता, सहसंयोजक तुलसीराम सापकोटाको स्वागत र सचिव गणेशप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleजैमुनीमा एमालेको उम्मेदवार सिफारिस
Next Article संविधान कार्यान्वयनको वर्ष