बागलुङ, ३ बैशाख – एमालेले जैमिनी नगरपालिकामा उमेदवारको सिफारिस गरेको छ । शनिवार नगर समन्वय कमिटिका संयोजक भूपाल चालिसेको अध्यक्षमा बसेको बैठकले जिल्ला कमिटिमा ती नाम सिफारिस गरेको हो ।
जस अनुसार मेयर पदका लागि पार्टीका पूर्व अध्यक्ष श्रीप्रसाद शर्माको नाम सिफारिस गरेको हो । उपमेयरका लागि भने लिला राना, सावित्रा राना र इन्द्रा शर्माको नाम सिफारिस गरेको छ । त्यस्तै वडा नं. १ मा अध्यक्ष चन्द्रबहादुर थापा र सदस्यमा रुद्र आचार्य, नेत्रप्रसाद पौडेल, दुर्गादेवी चापागाईलाई सिफारिस गरेको छ ।
वडा नं. २ मा अध्यक्षमात्र होमनाथ सापकोटा सिफारिस भएका छन् । वडा नं. ३ मा बेदबहादुर छन्त्याल अध्यक्षमा सिफारिस भएका छन् । सदस्यमा भैरव छन्त्याल, चित्रकली छन्त्याल र गीता विक रहेका छन् । वडा न.ं ४ मा चक्रबहादुर थापा अध्यक्षका लागि र सदस्य तर्फ तिलकप्रसाद शर्मा, चोलाकुमारी शर्मा, बेली आचार्य र लिलादेवी अर्याल सिफारिसमा परेका हुन् ।
वडा नं. ५ को अध्यक्षका लागि कृष्णबहादुर हमाल र सदस्यमा देवेन्द्र रेग्मी, राजेन्द्र केसी, खिमकुमारी पोडेल, देवी नेपाली तथा पवित्रा नेपाली सिफारिसमा परेका हुन् । वडा नं. ६ मा अध्यक्षका लागि केशवराज शर्मा र सदस्यका लागि बिष्णुप्रसाद रेग्मी, लिला नायक क्षेत्री र गीता शर्मा सिफारिसमा परेका हुन् । वडा नं. ७ मा बद्री ढुंगाना र मोहराज उपाध्यायको नाम सिफारिस गरेको हो । सदस्यमा खगेन्द्र शर्मा, कुशुम थापा, जमुना ढकाल र तेजकुमारी नेपाली रहेका छन् ।
वडा नं. ८ मा अध्यक्षमा भोजराज पौडेल र सदस्यमा टिकाराम पाध्या,तोयनाथ पौडेल, डिलाकुमारी उपाध्याय र लक्ष्मी परियार सिफरिस भएका छन् । वडा नं. ९ मा अध्यक्षमा इन्द्रा शर्मा, सदस्यमा सहविर थापा, लालबहादुर थापा, गिरीप्रसाद शर्मा, कमला थापा, मनबहादुर थापा, हरिप्रसाद उपाध्याय, नन्दप्रसाद शर्मा रहेका छन् ।
वडा नं. १० मा नर बहादुर श्रीष, मनबहादुर थापा, छविलाल श्रीष राना, बसन्ती थापा र गुमा सार्कीको नाम सिफारिस भएको हो । बैठकले निर्वाचन केन्द्रीत कार्ययोजना बनाएको संयोजक चालिसेले बताए ।
Previous Articleसबै भाइकी साझा पत्नीको वास्तविकता
Next Article महिला अधिकार सुनिश्चित गर्न चुनाव आवश्यकः केसी