बागलुङ, ३० चैत – इन्दिरा गुरुङको प्रस्तुतिमा तयार भएको एल्बम ‘वियोग’मा रहेको ‘हे कान्छी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पार्वती राई र सुमित गुरुङले फिचरिङ गरेका छन् ।
गीतमा शान्त गजल गुरुङको स्वर, शब्द र संगीत छ । मुनाल फिल्मस्ले बनाएको भिडियोमा क्यामरा र सम्पादन खिमबहादुर गुरुङको छ भने कोरियोग्राफी र निर्देशन लक्ष्मण गुरुङको छ ।
एल्बममा ६ वटा गीत छन् । भिडियो पोखरा आसपासमा छायांकन गरिएको निर्देशक गुरुङले बताए । गुरुङ लामो समयदेखि अमेरिकाको न्यूर्योकमा बस्दै आएका छन् । एल्बमका अन्य गीत यसअघि नै युट्युबमा आइसकेका छन् ।
Previous Articleभवानी राणाले सार्वजनिक गरिन् महत्वाकांक्षी योजना
Next Article ३१ चैत २०७३, ढोरपाटन दैनिक