बागलुङ, ३० चैत – अहिले अभ्यास हुन लागिरहेको संघिय अभ्यासमा फरक मत राख्दै आएको राष्ट्रिय जनमोर्चाले बागलुङ जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारको अन्तिम टुंगो लगाएको छ ।
राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिले जिल्ला समितिले प्रत्येक स्थानीय तहबाट ६/६ जना सिफारिस गरेकोमा २० जना प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको हो । केन्द्रिय समितिका अनुसार जैमिनी नगरपालिका प्रमुखमा नरबहादुर पुन र उप–प्रमुखमा लिलादेवी शर्मालाई उम्मेदवार चयन गरिएको छ ।
बागलुङ नगरपालिकाको मेयरमा लक्ष्मी बाँस्कोटा र उप–प्रमुखमा लोकनाथ शर्मा, गल्कोट नगरपालिका प्रमुखमा टंकबहादुर के.सी. र उप–प्रमुखमा सुनमाया ढकाल, ढोरपाटन नगरपालिका प्रमुखमा गौरीश्वर पाण्डे, उप–प्रमुखमा दुर्गादेवी घर्तीमगरलाई चयन गरिएको छ । यसैगरि, बरेङ गाउँपालिका अध्यक्षमा कृष्णप्रसाद शर्मा, उपाध्यक्षमा दिलमाया पुन, काँठेखोला गाउँपालिका अध्यक्षमा अर्जुनबहादुर खत्री, उपाध्यक्षमा सिता किसान, ताराखोला गाउँपालिका अध्यक्षमा तिर्थसिंह थापा, उपाध्यक्षमा पूर्णा चालिसे, बडीगाउँ गाउँपालिका अध्यक्षमा भिमसेन वन, उपाध्यक्षमा रुनमाया थापा, निसीखोला गाउँपालिका अध्यक्षमा खिमविक्रम शाही, उपाध्यक्षमा भोटुकुमारी चन्द, र तमानखोला गाउँपालिका अध्यक्षमा डोरबहादुर क्षेत्री, उपाध्यक्ष बोमकुमारी बुढामगरलाई उम्मेदवार छनोट गरिएको छ ।
बागलुङबाट जिल्लाभरका समन्वय समितिमार्फत प्राप्त भएका सिफारिसका आधारमा १० स्थानीय तहका लागि ६० जना प्रमुख तथा उपप्रमुखको नाम टुंग्याएर केन्द्रमा पठाइएकोमा त्यसबाटै केन्द्रिय समितिले अन्तिम टुंगो लगएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले बताए । केन्द्रिय समितिले नगरपालिकामा मेयर, उपमेयर तथा गाउँपालिकामा प्रमुख उपप्रमुखका बारेमा निर्णय गरेपछि अब नगरपालिका र गाउँपालिकाका वडा अध्यक्ष जिल्ला समितिले अन्तिम टुंगो लगाउनेछ भने वार्ड सदस्य सम्वन्धित नगरपालिका र गाउँपालिकामा रहेको पार्टीको समन्वय समितिले निर्णय गर्ने उनले बताए ।