बागलुङ, ३० चैत – नेपाल उद्योग बाणिज्य महासंघको नगर उपाध्यक्ष तथा प्रादेशिक सदस्यमा धौलागिरीका दुई्र व्यवसायी निर्वाचित भएका छन् ।
महासंघको सोमवारदेखी राजधानीमा शुरु भएको ५१ औं बार्षिक साधारणसभाबाट म्याग्दीका प्रमोद श्रेष्ठ र प्रदेश नम्बर ४ बाट बागलुङका निर्माण कुमार श्रेष्ठ ‘बासु’ प्रादेशिक सदस्यमा निर्वाचित भएका हुन् । म्याग्दीका श्रेष्ठले नगर उपाध्यक्षमा दिनेश श्रेष्ठलाई ५ मतले पराजित गरेका हुन् । बिजयी प्रमोद श्रेष्ठले ५३ मत प्राप्त गरेभने उनका प्रत्यासी दिनेश श्रेष्ठले ४८ मत प्राप्त गरे ।
बागलुङका निर्माणकुमार श्रेष्ठ लेखनाथ उद्योग बाणिज्य संघका तर्फबाट चुनावी मैदानमा उत्रिएका बाबुराम गिरीलाई ५ मतले पछि पार्दै बिजयी हासिल गरेका हुन् । प्रदेश नम्बर ४ का १३ उद्योग बाणिज्य संघका प्रतिनिधिले मताधिकार प्रयोग गरेकोमा बिजयी श्रेष्ठले ९ मत प्राप्त गरेका थिए । उनका प्रत्यासी गिरीले जम्मा ४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
जित पछि श्रेष्ठले उद्योगीको हक अधिकार सुनिश्चित गर्ने बिषयमा केन्द्रिय तहबाट प्रभावकारी भुमिका निर्वाह गर्न पहल गर्ने बताए । बागलुङ उद्योग बाणिज्य सघंका तर्फबाट धौलागिरी क्षेत्रको समेत साझा उम्मेदवार बनेका श्रेष्ठ यसअघि अञ्चलबाट केन्द्रिय सदस्य भएका थिए ।
Previous Articleराजमोले टुग्यायो जिल्लाभर उम्मेदवार
Next Article करिडोरको काम तीव्र गतिमा