बागलुङ, २९ चैत – राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग) बागलुङ शाखाको पुर्नगठन गरिएको छ । नियोगको सोमवार बसेको बैठकले नेपाल पत्रकार महासंघ बागलुङ शाखका अध्यक्ष दिल शिरिषको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति गठन गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा निर्वाचनमा मतदान अघि, मतदानको क्रम र मतदान पछिको अवस्थाका बारेमा सुक्ष्म तरिकाले अनुगमन गर्नका लागि समिति गठन गरिएको अध्यक्ष शिरीषले बताए । समितिको उपाध्यक्षमा उषा पौडेल, सचिवमा सावित्रा खड्का, कोषाध्यक्षमा शोभा काउचा र सह–सचिवमा विक्रम सुनार रहेका छन् । बैठकले नियोगका निवर्तमान अध्यक्ष राम शर्मा र पूर्वअध्यक्ष निरञ्जनलाल राजभण्डारीलाई सल्लाहकारमा चयन गरेको छ ।
Previous Articleनिर्वाचनमा बालबालिका प्रयोग नगर्न प्रजिअको ध्यानाकर्षण
Next Article २०७३ चैत २९ गते मंगलबारको राशिफल