बागलुङ, २८ चैत – रुद्रेपिपल माविकी प्रअ ममतादेवी शर्माले राजिनामा दिएर अवका दिनमा सामाजिक काममा खर्चने बताएकी छिन् । आइतवार राजिनामा दिएकी उनले सामाजिक क्षेत्र र विकास निर्माणको क्षेत्रमा लाग्ने बताएकी हुन् ।
जिल्ला शिक्षा कार्यालयमा राजिनामा पत्र बुझाएपछि विद्यालयमा आयोजित एक कार्यक्रम मार्फत उनी राजनीतिमा सक्रिय हुने संकेत गरेकी हुन् । २३ बर्ष शिक्षण पेशामा लागेकी शर्माले कार्यरत रहँदा शिक्षाको विकासमा सक्रियता पूर्वक लागेको र अवका दिनमा जुन क्षेत्रमा रहेपनि सेवामूखि भएर लाग्ने प्रतिवद्धता जनाइन् ।
२०५० सालमा शिक्षण पेशामा प्रवेश गरेकी शर्मा २०५६ सालमा तत्कालिन रुद्रेपिपल निमाविमा आएकी थिइन् । उनकै पालामा विद्यालय भवन निर्माण भएर अंग्रेजी माध्यममा पढाउने व्यवस्था समेत भएको छ । त्यस्तै धान्यान्चल लगाएर भवन निर्माण र व्यवस्थापन पनि गरिएको हो । विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको विद्यालयमा परिवर्तन देखिएको भन्दै अभिभावकले पनि अवका दिनमा यस्तै बनाएर राख्ने चुनौती भएको पनि बताए ।
आइतवार भएको राजिनामा सार्वजनिकीकरण कार्यक्रममा निमित्त प्रअ राजेश श्रेष्ठ, नवराज गौतम, लगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिकी पूर्व सदस्य माया थापाको अध्यक्षता, शिक्षक प्रकाश आचार्यको स्वागत र सोमनाथ शर्माको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleबोबाङमा एकीकृत घुम्ती शिविरमा
Next Article प्रमुख दलमा उम्मेदवार छनौट तीव्र