पर्वत, २८ चैत – ट्याक्टर दुर्घटनामा परी शनिबार एक जनाको मृत्यु भएको छ । पर्वतको विहादी गाउँ पालिका २ बर्राचौर स्थित ध १ त ३५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक २१ बर्षिय शिवबहादुर नेपालीको मृत्यु भएको हो ।
शनिबार खेतमा गोठेमल लैजाँदै गर्दा कच्ची सडकबाट अन्दाजी १ सय मिटर ट्याक्टर खस्न जाँदा नेपाली घाइते भएका थिए । शनिबार नै उपचारका लागि स्याङजाको वालिङतर्फ लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक नेपालीको शव पोष्टमार्टम पश्चात् आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।