बागलुङ, २८ चैत – जिल्लाको ढोरपाटन नगरपालिका नवआगत निमित्त कार्यकारी अधिकृतलाई स्वागत तथा परिचयात्मक कार्यक्रम आइतबार बुर्तिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नवआगन्तुक निमित्त कार्यकारी अधिकृत रामप्रसाद आचार्यले नयाँ संरचनामा अधिकार सम्पन्न स्थानिय तह बनेको भन्दै त्यसको कार्यान्वय, सेवा प्रवाह र स्थानिय बिकासका लागि निर्वाचन मार्फत जनप्रतिनिधि आवश्यक पर्नेमा जोड दिए ।
उनले सुरुमा नगरपालिकाको कार्यालयका लागि घरभाडमा लिने, कार्यालय व्यवस्थापन गर्ने जस्ता काम पहिला गर्नुपर्ने भएकाले प्रक्रिया अघि बढार्ईएको जानकरी दिए । उनले स्थानिय सरोकारवाला सँग मिलेर काम गर्ने प्रतिबद्वता जनाएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका ढोरपाटन नगर संयोजक सालिकराम शर्मा, एमालेका नगर सचिव ज्ञानप्रसाद कँडेल, माओवादी केन्द्रका नगर सहईन्चार्ज चन्द्र अर्याल, नयाँशक्ति नेपाल पार्टिका नगर संयोजक टेकबहादुर कुँवर, नेकपा क्रान्तिकारी माओवादीका नगर ईन्चार्ज गुञ्जबहादुर भण्डारी र बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईका अध्यक्ष चिन्तामणि शर्माले नयाँ कार्यकारी अधिकृतलाई स्वागत गर्दै स्थानिय कार्यसम्पादनमा सहकार्य गर्ने बताएका थिए ।
सो अवसरमा ढोरपाटन नगरपालिकाका निवर्तमान निमित्त कार्यकारी अधिकृत चण्डीराज पौडेलले नयाँ निमित्त कार्यकारी अधिकृत रामप्रसाद अचार्यलाई दोसल्ला ओडाएर स्वागत गरेका थिए । कार्यक्रम निमित्त कार्यकारी अधिकृत अचार्यको अध्यक्षता र चुडामणी भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleदुव्र्यसनविरुद्व आमा कार्यक्रम
Next Article मतदाता शिक्षा कार्यक्रम शुरु