बागलुङ, २८ चैत – दुव्र्यसन नियन्त्रण गर्न लागुऔषध जस्ता अखाद्य वस्तु उत्पादन तथा विक्रि वितरणमा राज्यले प्रतिबन्ध लगाउनुपर्र्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
बागलुङ नगरपालिका–१४ साविक नारायणस्थानमा आयोजित ‘दुव्र्यसन विरुद्ध आमाहरु’ बिषयक सचेतना कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको आयोजना, जिल्ला प्रहरी कार्यालय बागलुङको सहकार्य एवं नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानको संयोजनमा भएको सचेतनामुलक कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा जनता धन माध्यामिक विद्यालयका पूर्व प्रध्यानाध्यापक लेखनाथ पौडेलले आफ्ना बालबालिकाहरुको असल बानी व्यहोराको खोजीमा आमाहरु लाग्नुपर्ने भन्दै आमा मात्र नभई सम्पुर्ण परिवार सचेत रहनुपर्ने बताए । आफ्ना सन्ततीलाई सिकाउनु पुर्व आमाहरु नै सचेत हुन आवश्यक रहेको भन्दै दुव्र्यसनलाई न्युनिकरण गरी समाज निर्माणको अभियानमा लाग्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा सहकारीको बारेमा जानकारी गराउदैँ आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले साथीसंगीको लहैलहैमा पनि युवा युवतीहरु दुव्र्यसनमा फस्दै गएको देखिएकाले त्यसमा ध्यान दिनुपर्ने बताए ।
समग्र सहकारीका बारेमा सहजीकरण गर्दै जिसीले सहकारीमा शेयर सदस्य बन्नका लागि सबैलाई आग्रह गरेका थिए ।